Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका स्वास्थ्यकर्मी भुसालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

बुटवलका स्वास्थ्यकर्मी भुसालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 1.7K
    SHARES

  • बुटवलका स्वास्थ्यकर्मी  भुसालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    वुटवल,असार ७ ।

    रास्वपाको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य अमृत भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुटवलका स्वास्थ्यकर्मी  भुसाल  हाल रास्वपाको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य रहेका छन्।  

    भुसालले चितवनमा हुने पार्टीको प्रथम केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। रास्वपाको असार ७, ८ र ९ गते हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ।

    स्वास्थ्य क्षेत्रमार्फत समाजमा योगदान दिँदै आएको अवस्थामा राजनीतिमार्फत पनि समाजका लागि थप योगदान गर्ने उद्देश्यले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको भुसालले बताए। #rasapa

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ ७ २०८३११:३३:२३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology