बुटवल,असार ५ ।
जी २५ क्लव बुटवल ११ देवीनगरले तिलोत्तमा ४ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्रमा जेष्ठ नागरिक स्वास्थ प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । आज एक समारोहका बिचमा सो आश्रममा रहेको जेष्ठ नागरिकहरुलाई योगाभ्यास र जीवनशैलीपरिवर्तन सम्बन्धि अभिमूखीकरण दिइएको हो ।

सो अवसरमा जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे,क्लवका अध्यक्ष सजनकुमार भारी ,निवर्तमान अध्यक्ष जगदीश न्याैपाने,पूर्व अध्यक्षहरु निर्मल नेपाल,देवराज अर्गाली,संरक्षक बिमलराज घिमिरे,महासचिव भेषराज अर्याल,सचिव मिलन भारी,कार्यक्रम संयाेजक बिष्णुहरी आचार्य लगायतले बाेलेका थिए ।
कार्यक्रम संयाेजक तथा याेगगुरु बिष्णुहरी आचार्यले याेगाभ्यासका गराउनुभएको थियाे । उहाँले बाह्रौँ अन्तर्राष्ट्रिय योग दिवसको अबसरमा जेष्ठ नागरिककाे स्वास्थ प्रवर्द्धनका लागि आहार बिहार र निद्रा महत्वपूर्ण रहने बताउनुभयाे ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)