Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्मार्ट आईटी सोलुसनको ‘डिजिटल प्रतियोगिता’को तयारी पूरा,आवेदन खुला

स्मार्ट आईटी सोलुसनको ‘डिजिटल प्रतियोगिता’को तयारी पूरा,आवेदन खुला

  • 474
    SHARES

  • स्मार्ट आईटी सोलुसनको ‘डिजिटल प्रतियोगिता’को तयारी पूरा,आवेदन खुला

    बुटवल,असार ५।

    बालबालिकाहरूलाई प्रविधिको प्रारम्भिक चरणदेखि नै डिजिटल शिक्षामा अभ्यस्त गराउने उद्देश्यका साथ बुटवलमा आयोजना हुन लागेको डिजिटल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

    स्मार्ट आईटी सोलुसनको नियमित अभियान ‘साप्ताहिक आईटी प्रतियोगिता– सिजन २’ अन्तर्गत यस हप्ताको प्रतियोगिता बुटवलस्थित लुम्बिनी शिक्षालयमा आयोजना गरिएको आयोजनले जनाएको छ ।

    कार्यक्रमको सिजन–२ का संयोजक पवित्रा श्रीसका अनुसार असार ७ गते आइतबार बिहान ११ः०० बजेदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि सहभागी हुन इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरिएको छ ।

    उत्कृष्ट विजेताहरूलाई नगद पुरस्कार, आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगितामा डिजिटल सिकाइमा बालबालिकाको उत्साह बढाउन सहभागी सबै विद्यार्थीहरूलाई सहभागिता प्रमाणपत्र उपलब्ध गराइने संयोजक श्रीसले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले आफ्नो ल्यापटप र विद्यालयको परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने बताउनु भयो ।
    स्मार्ट आईटी सोलुसनले हरेक हप्ता यस्ता सिर्जनशील कार्यक्रममार्फत डिजिटल शिक्षाको दायरा फराकिलो बनाउने र सबै बालबालिकालाई समान डिजिटल अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । स्मार्ट आईटी सोलुसनका व्यवस्थापकीय निर्देशक लेखनाथ पन्थले बाल्यकालमै आईटीको जग बसाल्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो । उहाँले हरेक बालबालिकालाई प्रारम्भिक चरणदेखि नै प्रविधिसँग अभ्यस्त गराउन यो कार्यक्रम कोेसेढुङ्गा सावित हुने विश्वास लिइएको बताउनु भयो।
    कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी उनीहरूको उमेर र क्षमता अनुसार विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ । कक्षा १ र २का विद्यार्थीहरुलाई कीबोर्ड एक्सप्लोरर, कक्षा ३ र ४का विद्यार्थीहरुलाई डिजिटल आर्ट च्यालेन्ज, कक्षा ५ र ६ का विद्यार्थीहरुलाई टाइप राइट च्यालेन्ज, कक्षा ७ र ८का विद्यार्थीहरुलाई प्रेजेन्ट एक्स च्यालेन्जमा प्रतिस्पर्धा गराइने छ । यस्ता प्रतियोगिताले बालबालिकामा सिर्जनशीलता, डिजिटल सीप, र प्रतिस्पर्धात्मक भावनाको विकास गराउनुका साथै भविष्यमा आईटी क्षेत्रमा करियर बनाउन प्रेरित गर्ने आयोजकको भनाइ छ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले पाँच सय दर्ता शुल्क सहित संस्थाको आधिकारिक वेबसाइट स्मार्टआईटीसोलुुसननेपालमा गई आफ्नो नाम दर्ता गराउन सक्नेछन्। खेलका नियमहरू तथा थप जानकारीका लागि कार्यालयको वेबसाइटमै उल्लेख गरिएको छ।
    यसअघि गत आइतवार तिलोत्तमा नगरपालिका–शंकरपुरस्थित प्याब्सन तथा हिसान रुपन्देहीको कार्यालय परिसरमा रहेको सभाहलमा पहिलो साप्ताहिक आइटी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा खैरेनी, दाङ, भैरहवा, कपिलवस्तु, सैनामैना, बुटवल, फर्साटिकरलगायत विभिन्न क्षेत्रबाट विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology