Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पोखरेलको स्मृतिमा खानेपानीको धारा बनाइ विद्यालयलाई हस्तान्तरण

पोखरेलको स्मृतिमा खानेपानीको धारा बनाइ विद्यालयलाई हस्तान्तरण

  • 1.4K
    SHARES

  • पोखरेलको स्मृतिमा खानेपानीको धारा बनाइ विद्यालयलाई हस्तान्तरण

    बुटवल, असार ५ ।

    लियो क्लब अफ बुटवलले बुटवल–१३, बदेलपोखरीस्थित जितेश्वरी माध्यमिक विद्यालयमा पिउनेपानी धारा निमार्ण गरेको छ । क्लबका गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण सम्पन्न गरि पिउनेपानी धारा विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

    लियो डिष्ट्रिक परिषद् ३२५ पी नेपालका डिष्ट्रिक अध्यक्ष तथा लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका पूर्व अध्यक्ष श्रीधर बस्याल, धारा निर्माण समितिका संयोजक आत्माराम भण्डारी, सह–संयोजक लक्ष्मण खनाल तथा विशाल खनाल, पूर्व अध्यक्ष एवं एरिया चिफ जीवन थापा क्षेत्री, समाजसेवी कमल सापकोटा, सरु थापा लगायतले युवाहरुबाट गरिएको परोपकारी कार्यबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने भन्दै भविष्यमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

    विद्यालयका प्राचार्य उपेन्द्र ज्ञवालीले विद्यालयलाई छनौट गरी शुद्ध पिउनेपानीको ब्यवस्थापन गर्ने टिमप्रति विशेष धन्यबाद ज्ञापन गरे । कार्यक्रममा क्लबका अध्यक्ष अशोक कुमार श्रेष्ठले युवाहरुलाई संगठित गर्दै समुदायका माग अनुसार सामाजिक कार्यमा अग्रसर गराउन आफुहरु सफल भएको बताए ।dhara.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology