Logo बिहिवार, आश्विन १ गते २०८३
images

नीजि क्षेत्रका उद्योगी व्यबसायीको समस्या समाधानको लागि पहल गर्छु :चन्द्र ढकाल

नीजि क्षेत्रका उद्योगी व्यबसायीको समस्या समाधानको लागि पहल गर्छु :चन्द्र ढकाल

  • 2.5K
    SHARES

  • नीजि क्षेत्रका उद्योगी व्यबसायीको समस्या समाधानको लागि पहल गर्छु :चन्द्र ढकाल

    बुटवल,फागुन १ - 

    नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ ।

    हालै महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएका ढकाललाई संघले शुक्रबार एक कार्यक्रमका बिच संघको सचिवालयमा स्वागत गरेको हो ।त्यस अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीजि क्षेत्रका उद्योगी व्यबसायीको समस्या समाधानको लागि आफूले सक्दो पहल गर्ने बताउँदै उद्योगी व्यबसायीका समस्याहरु उजागर गरिदिन जिल्ला नगर उद्योग बाणिज्य संघहरुलाई आग्रह गर्नुभयो ।

    त्यस्तै उहाँले बुटवल उद्योग बाणिज्य संघले पहल गरेको बुटवलको सडकको सर्भिसलेनको चौढाई बढाउनको लागि महासंघ र व्यक्तिगत रुपमा आफूले समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष बनाउनको लागि माहोल बनाईदिएमा धन्यवाद व्यक्त गर्दै चुनाव पछि पक्ष विपक्ष सकिएको समेत उल्लेख गर्नुभयो ।

    स्वागत कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्योगी व्यबसायीका समस्या समाधानको लागि संघले स्थानीय, प्रदेश तथा संघीय सरकारमा समेत पहलकदमी उठाउँदै आएको बताउँदै त्यस्ता कुरामा साथ र सहयोग गर्नको लागि महासंघलाई आग्रह गर्नुभएको थियो ।

    सडक विस्तारको काम सुरु हुँदै गरेको बुटवलको चौराहा–चिडियाखोला व्यापारिक मार्गमा निर्माण हुने सर्भिसलेन १९ फूटबाट बढाएर २७ फूट कायम गराउनको लागि संघले पहल गरिरहेको जानकारी गराउँदै अध्यक्ष हमालले यो अभियानमा सहयोग गर्न महासंघलाई आग्रह गर्नुभएको हो ।

    बुटवल– बसन्तपुरमा सञ्चालन गर्न लागिएको केवलकारको शिलान्यासको लागि बुटवल आउनु भएका वरिष्ठ उपाध्यक्ष ढकाललाई स्वागतको लागि आयोजना गरिएको कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले केवलकार सञ्चालनसंगै यस क्षेत्रको पर्यटन बिकासमा उल्लेखनीय योगदान हुने र त्यसका माध्यमबाट पर्यटन उद्योग समेत फस्टाउने विश्वास व्यक्त गर्नुभयो ।

    संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले सञ्चालन भएको कार्यक्रममा महासंघका सदस्य अम्बिकाप्रसाद पौडेल, संघका निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्वअध्यक्षहरु जीवनप्रसाद वझा, निर्मलप्रसाद लाकौल, अर्जुनमान सैंजु, नवराज श्रेष्ठ, उपाध्यक्ष हरिप्रसाद अर्याल, कोषाध्यक्ष बिमलराज भट्टराई, सचिव कमल पौडेल, कार्यसमितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology