Logo बिहिवार, आश्विन १ गते २०८३
images

वेस्टर्न मेगा कलेजमा रक्तदान ६५ पिन्ट संकलन

वेस्टर्न मेगा कलेजमा रक्तदान ६५ पिन्ट संकलन

  • 465
    SHARES

  • वेस्टर्न मेगा कलेजमा रक्तदान ६५ पिन्ट संकलन

    नेपालगन्ज, असार ३ ।

    वेस्टर्न मेगा कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले रगत अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको थप परिपूर्तिका लागि कलेजद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको  प्राचार्य अधिवक्ता किसु शर्माले नागरिक अनलाइनलाई जानकारी गराए ।उक्त कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको थियो । 

    उक्त रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक कर्मचारी लगायत आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।  उक्त रक्तदान कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश खाम्चा तथा रक्तदान कार्यक्रमसंयोजक उषा खरेलको संयोजकतामा सम्पन्न भएको थियो ।

    साथै कार्यक्रममा कलेजमा कार्यरतशिक्षक, कर्मचारी तथा कलेजका अध्यक्ष मेघनाथ पन्थ लगाायत संचालक समितिको समेत उपस्थिती रहेको थियो । यस कलेजमा स्नातक तहमा ४ बर्षे विआएछि तथा विएचएम  र स्नातोकोत्तर तहमा २ वर्षे एमविए अध्यापन गराईने र वर्ष २०८३ को भर्ना खुलेको कलेजले जानकारी गराएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology