Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कार र मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी

कार र मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी

  • 852
    SHARES

  • कार र मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी

    नेपालगन्ज, असार ३ ।

    बाँकेको कोहलपुरमा बुधबार कार र मोटरसाइकल एकापसमा ठोक्किएर विद्युत्को पोलमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी भएको छ ।

    दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते हुनुभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भीषण गर्मीका समयमा गुडिरहेका इभी ९विद्युतीय० कार र मोटरसाइकल ठोक्किँदा दुवै सवारी साधनमा आगो सल्किएको हो ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने कारको अगाडिको अधिकांश भाग जलेर नष्ट भएको छ ।

    घाइते मोटरसाइकल चालक उपाध्यायको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology