बुटवल,असार ३।
बुटवल मोडल कलेजमा ‘रिसर्च, प्रोजेक्ट डिजाइन, प्रपोजल तथा रिपोर्ट लेखन’ विषयक क्षमता विकास तालिम सम्पन्न भएको छ।ओमसतिया गाउँपालिका–१ कोटिहवामा रहेको कलेजमा जेठ २७ गते शुरू भएको उक्त तालिम जेठ ३१ गतेसम्म सञ्चालन भएको थियो। तालिममा कलेजका ३० जना प्राध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमको समापन कार्यक्रममा बोल्दै बुटवल मोडल कलेजका प्राचार्य डा. नेत्र प्रसाद बस्यालले भन्नुभयो- “यो तालिमले प्राध्यापकहरूलाई अनुसन्धान, प्रोजेक्ट डिजाइन, प्रपोजल लेखन र रिपोर्ट तयारीमा व्यावहारिक सीप प्रदान गरेको छ। यसले उनीहरूलाई थप गुणस्तरीय शैक्षिक तथा अनुसन्धान कार्य गर्न मद्दत पुग्नेछ।”
५ दिने तालिममा विज्ञहरू डा. सूर्य बहादुर राना,गाेपाल आचार्य ,प्राे.डा. देवराज अधिकारी, डा. नेत्र प्रसाद बस्याल, दीपक ढकाल, दीपक ज्ञवाली , दिवाकर पाण्डे ,प्राे.राजेन्द्र लम्साल, डा.तिलक भुसाल, एशाेसिएट प्राे.डा. दीपमाला श्रेष्ठ, प्राे.डा.अच्युत ज्ञवाली,दिवाकर पाण्डे, कृष्ण सापकोटा लगायतका विज्ञहरूले सहजीकरण गर्नुभएको थियो। सहभागी प्राध्यापकहरूले तालिम अत्यन्त उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्।

यो तालिमले कलेजका प्राध्यापकहरू तथा अनुसन्धानमा रुची राख्ने बिद्यार्थीहरुका लागि समसामयिक अनुसन्धान पद्धति र प्रोजेक्ट व्यवस्थापनको ज्ञान प्रदान गर्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा भएको कलेजले जनाएको छ ।
बुटवल मोडल कलेजले यस्ता क्षमता विकास कार्यक्रमहरूलाई निरन्तरता दिने कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो।
तालिम समापनका क्रममा बुटवल मोडल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ ,न्यु होराइजनका अध्यक्ष ज्ञानेन्द्र कसजु,प्राचार्य बासुदेव अर्याल, प्राे.डा. देवराज अधिकारीलगायतले बोलेका थिए। सहभागि सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)