Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव कल्याण मित्र मञ्चद्वारा चितवनका असहाय बालबालिकालाई पोशाक प्रदान

मानव कल्याण मित्र मञ्चद्वारा चितवनका असहाय बालबालिकालाई पोशाक प्रदान

  • 567
    SHARES

  • मानव कल्याण मित्र मञ्चद्वारा चितवनका असहाय बालबालिकालाई पोशाक प्रदान

    चितवन,असार २ ।

    चितवनको भरतपुर ५, आनन्दपुरस्थित प्रहरी नागरिक अभियान नेपाल अन्तर्गत संरक्षणमा रहेका २८ जना बालबालिकाहरूलाई मानव कल्याण मित्र मञ्च ले विद्यालय पोशाक प्रदान गरेको छ।

    बालबालिकाहरूको शैक्षिक यात्रालाई सहज बनाउन तथा उनीहरूमा थप उत्साह र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।
    संस्था द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल ले प्रहरी र समुदायबीचको सहकार्यले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।IMG_4604.jpeg

    बालबालिकाको शिक्षा र संरक्षणमा केन्द्रित यस्ता कार्यक्रमले उनीहरूलाई सही मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै उहाँले सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय मानव कल्याण मित्र मञ्चको प्रशंसा गर्नुभयो। “बालबालिकाको अनुहारमा देखिएको खुसी नै यस्ता कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि हो,” प्रहरी उपरिक्षक पौडेल ले भन्नुभयो।
    कार्यक्रममा बोल्दै मानव कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्याल ले बालबालिकामा गरिएको लगानी नै समाज र राष्ट्रको भविष्यमा गरिएको लगानी भएको बताउनुभयो।IMG_4602.jpeg

    अध्यक्ष अर्यालले समाजका सबै पक्षले यस्ता बालबालिकाको संरक्षण र शिक्षामा हातेमालो गर्नुपर्ने बताउनुभयो ।
    संस्थाका संरक्षक पुरुषोत्तम भट्टराई ले मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न सकिए मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो।संरक्षक भट्टराई ले अभिभावकीय साथबाट वञ्चित तथा संरक्षणको आवश्यकता भएका बालबालिका प्रती समाज अझ संवेदनशील बन्नुपर्ने बताउँदै सहयोग र सद्भावको संस्कृतिलाई बलियो बनाउन सबैलाई आग्रह गर्नुभयो। 
    कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरूले पनि बालबालिकाको शिक्षा र व्यक्तित्व विकासका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

    संस्थाका सचिव कविता पन्थी, सामाजिक अभियन्ता टीकाराम अर्याल, देवी भट्टराई, विशाल आचार्य लगायतले बालबालिकाको संरक्षण, शिक्षा र अवसर सुनिश्चित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको भनाई राख्नुभएको थियो।बालबालिकाको शिक्षा,आत्मविश्वास र उज्ज्वल भविष्यलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा सामाजिक क्षेत्रका अगुवा व्यक्तित्व, प्रहरी अधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।मानव कल्याण मित्र मञ्च समाजसेवा, मानवता र परोपकारको उत्कृष्ट उदाहरणका रूपमा स्थापित संस्था हो। यस मञ्चले असहाय, विपन्न, दुःखी तथा आवश्यकतामा परेका व्यक्तिहरूको सहयोग गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण कार्य गरिरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आषाढ २ २०८३०९:२८:३०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology