Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देश-बिदेशका उपचार बिधि र गुणस्तरीय सेवाबारे अन्तरसम्वादसहित ग्याष्ट्रो कोर टु पोइन्ट ओ कार्यक्रम

देश-बिदेशका उपचार बिधि र गुणस्तरीय सेवाबारे अन्तरसम्वादसहित ग्याष्ट्रो कोर टु पोइन्ट ओ कार्यक्रम

  • 1.1K
    SHARES

  • देश-बिदेशका उपचार बिधि र गुणस्तरीय सेवाबारे अन्तरसम्वादसहित ग्याष्ट्रो कोर टु पोइन्ट ओ कार्यक्रम

    बुटवल,जेठ ३०।

    नेपाल र भारतका बरिष्ठ चिकित्सकहरुको अनुभव आदानप्रदानसहितको बिशेष कार्यक्रम ग्याष्ट्रो कोर टु पोइन्ट जिरो २०२६ शुरू भएको छ ।

    स्वास्थ्य क्षेत्रमा विश्वमा भित्रिएका आधुनिक चिकित्सा पद्धतीमा भएको विकास, आविस्कार र गुणस्तरीय उपचार विधि बारे अन्तरसम्वाद गर्ने उद्देश्यले ग्याष्ट्रो सेन्टर बुटवलको संयोजनमा शनिबार रुपन्देहीको तिलोत्तमामा दोस्रो पटक ग्याष्ट्रो कोर टु कार्यक्रम भएको हो ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले कार्यक्रमको उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले प्रविधिमैत्री गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएको बताउनुभयो ।IMG_4144.jpeg

    सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउने उद्धेश्यले प्रदेश सरकारले योजना बनाएको उल्लेख गर्दै उहाँले नेपालमा आयुर्वेद जीवनशैलीको विकास गर्दै प्रदेशलाई आरोग्य पर्यटनको हवका रुपमा विकास गर्ने बताउनुभयो । 

    नेपलीज सोसाईटी अफ ग्याष्ट्रोइन्ट्रोलोजिष्टका अध्यक्ष तथा पुर्व डिन प्रो. डा. शषी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल र भारतका विभिन्न विधामा बरिष्ठता हासिल गरेका दुई दर्जन चिकित्सकहरुले आआफ्ना कार्यपत्र र अनुभव आदानप्रदान गरेका थिए । 

    लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकको स्वागत तथा डाक्टर आविश्कार पराजुलीको  संचालनमा भएको  कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पुर्व उपकुलपती ग्याष्ट्रोइन्ट्रोलोजिष्ट प्रा.डा.भुपेन्द्र बस्नेत, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा विष्णु गौतम, लगायतले स्वास्थ्य क्षेत्रमा भएको नविनतम विकास र यसले ल्याएको उपलब्धी, गुणस्तरीय उपचार सेवालगायतका विषयमा अन्तरसम्वाद, छलफल र जिज्ञासा आदान प्रदान गर्नु भएको थियो ।

    तिलोत्तमाको टाइगर प्यालेसमा शनिबार एक दिन भएको कार्यक्रम नेपलीज सोसाईटी अफ ग्याष्ट्रोइन्ट्रोलोजिष्ट, लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी र बिएलके मेक्स सुपर स्पेस्लिटी हस्पिटल न्यु दिल्लीले सहयोग तथा समन्वय गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ ३० २०८३०८:०९:१५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology