Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मदन भण्डारी कप यू–१९ छात्र भलिबलमा पाल्पाको विजयी शुरुवात

मदन भण्डारी कप यू–१९ छात्र भलिबलमा पाल्पाको विजयी शुरुवात

  • 270
    SHARES

  • मदन भण्डारी कप यू–१९ छात्र भलिबलमा पाल्पाको विजयी शुरुवात

    बुटवल,जेठ २९।

    ‘सबैका लागि खेलकुद’ नारासहित बुटवलमा मदन भण्डारी कप यू–१९ विद्यालय स्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता शुरु भएको छ । जननेता मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्र्पोटस एकेडेमीको आयोजनामा बिहिबार भएको उद्घाटन खेलमा मण्डला स्पोर्टस एकेडेमी पाल्पाले इन्सपायर ईगलिस स्कुल, झापामाथि ३–१ को सेटमा जित निकालेको हो ।

    देविनगरस्थित न्यू होराईजन माबिको खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो सेट २५–२१ ले ईन्सपायरले जित निकालेको थियो । तर दोस्रो, तेस्रो र चौथो सेटमा भने मण्डला स्पोर्टस एकेडेमी पाल्पा खेलमा फर्कियो । लगातार २५–२०, २७–२५ र २५–२३ को अंकमा खेलमा जित निकाल्दै स्पष्ट अंक आफनो हातमा पार्यो ।

    एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका धेरै जननेताहरूको स्मृतिमा खेल प्रतियोगिताका लागि पालिकाबाट बजेट बिनियोजन गर्दै आएको बताए । खेल क्षेत्रको विकास र खेलाडीहरुलाई अवसर सृजना हुनेगरि पालिकाले विभिन्न संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम गर्दै आएको भन्दै उनले यो वर्ष छुट्टाएको बजेटमध्ये ५० प्रतिशतमात्र गर्न सफल भएको बताए । बुटवललाई चलायमान बनाउने तथा खेल पर्यटन विकास हुने गरि विभिन्न गतिविधिहरु भैरहेको उनले दाबी गरे ।

    कार्यक्रममा उपमेयर सावित्रादेवि अर्यालले खेलमार्फत खेलाडी उत्पादन, पूर्वाधार विकासमा विभिन्न क्लब, संघसंस्थाहरुको योगदानको चर्चा गर्दै स्थानिय पालिका सधै सहकार्य र साथमा रहेको प्रतिबद्धता जनाईन ।

    कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बुटवलमा एकेडेमीबाट पहिलोपटक डे/नाईट भलिबल खेलाईएको बताए । तराईको गर्मीलाई मध्येनजर गरि बिहान र साझ दुई समयमा प्रतियोगिता खेलाईएको उनले बताए । देशको आर्थिक समृद्धिको आधार खेल पर्यटन भएको भन्दै यसका लागि अन्तराष्ट्रियस्तरको प्रतियोगिताहरु संचालन जरुरी रहेको उनी बताउछन । ठूला र आधुनिक पूर्वाधार निर्माणमा तिन तहकै सरकारको प्राथमिकता दिदै अगाडी बढ्न सकेमात्र प्रतियोगिता स्तरीय हुने उनी बताउछन ।

    कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष योग गुरुङ, जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकान्त आचार्य, प्याब्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपाने, प्याब्सनका केन्द्रिय सल्लाहकार लोकनाथ उपाध्याय, न्यू होराईजन स्कुलका प्राचार्य बासुदेव अर्याल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, खेलप्रेमी राजु गुरुङ, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, एकेडेमीका उपाध्यक्ष तुलसी निरौला, महासचिव गणेश ठगुर्नाले नीजि क्षेत्र, खेलप्रेमी र सरकारबाट हुने धेरैभन्दा धेरै खेल गतिविधिबाट खेलाडीहरु उत्पादनमा मद्यत मिल्ने बताए ।

    प्रतियोगितामा न्यूटन हाई स्कुल बागमति, पोखरा युनाईटेड एकेडेमी कास्की, इन्सपायर ईगलिस स्कुल झापा, न्यू होराईजन स्कुल बुटवल, नवलपुर भलिबल एकेडेमी नवलपुर, दीप बोर्डिङ स्कुल बुटवल, मणिमुकुन्द कलेज बुटवल, मण्डला स्पोर्टस एकेडेमी पाल्पा गरि ८ टिमले भाग लिएको कार्यक्रमका संयोजक राम केसीले बताए ।

    प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमलाई ५० हजार, तृतिय टिमलाई ३० हजार, चौथौ टिमलाई नगद १५ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैया तथा उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, ब्लकर, डिफेन्सलाई ५ हजार रुपैया, ट्रफीबाट पुरस्कृत गरिने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology