Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेसमा ६ लाखभन्दा बढीले गरे क्रियाशील सदस्यता अद्यावधिक

नेपाली कांग्रेसमा ६ लाखभन्दा बढीले गरे क्रियाशील सदस्यता अद्यावधिक

  • 237
    SHARES

  • नेपाली कांग्रेसमा ६ लाखभन्दा बढीले गरे क्रियाशील सदस्यता अद्यावधिक

    काठमाडौँ,जेठ २९ ।

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप नगर्ने भएको छ । कांग्रेसले पार्टी सदस्यतलाई डिजिटल बनाउन थालेको सदस्यता अद्यावधिक अभियान मध्यरातबाट सकिएको छ । यसअघि पटकपटक म्याद थप गरिएको भए पनि अब भने क्रियाशील सदस्यताका लागि थप समय उपलब्ध नगराउने कांग्रेसले जनाएको छ ।

    यद्यपि चित्तबुझ्दो कारण देखाएर कसैले सदस्यता अद्यावधिक गर्न छुटेको भए अवरोध हुने छैन । कांग्रेस महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिकमा सन्तोषजनक प्रगति भएको बताए ।

    ‘विविध समस्याका बावजुद अहिलेसम्म ६ लाखभन्दा बढीले क्रियाशील सदस्यता अद्यावधिक गर्नुभएको छ । यसलाई उपलब्धिका रुपमा लिएका छौं’, महामन्त्री पौडेलले भने । उनले बिहीबार मध्यरातबाट सदस्यता अद्यावधिक अभियान सम्पन्न हुने बताए । कुनै प्राविधिक कारणले कोही छुटेको भए पार्टी संरचनामा निवेदन दिन सकिने पौडेलले जानकारी दिए ।

    ‘कतिपय प्राविधिक कारणले कागजात नपुगेको, अद्यावधिकमा छुटेको कोही हुनुहुन्छ भने पार्टीले हेर्छ । अभियानकै रुपमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम भने आज सकिदैछ’, उनले भने ।

    क्रियाशील सदस्यता अद्यावधिक गर्ने कामले कांग्रेसलाई नयाँ तागत दिएको पौडेलको भनाइ छ । देशभरका लाखौं कार्यकर्ता एउटै डिजिटल प्रणालीमा आवद्ध भएको भन्दै महामन्त्री पौडेलले कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउने केन्द्रीय समितिको निर्णयमा आम कार्यकर्ताले साथ दिएको बताए ।

    उनले राजनीतिक रुपमा असन्तुष्ट नेताहरुसँग संवाद जारी रहेको भन्दै विधानभित्र रहेर सम्भव हुने सबै सहमतिका लागि तयार रहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology