Logo बिहिवार, आश्विन १ गते २०८३
images

राज्यको ढुकुटीमा नेकपाको शक्ति प्रदर्शन : चित्रबहादुर केसी

राज्यको ढुकुटीमा नेकपाको शक्ति प्रदर्शन : चित्रबहादुर केसी

  • 2.5K
    SHARES

  • राज्यको ढुकुटीमा नेकपाको शक्ति प्रदर्शन : चित्रबहादुर केसी

    बुटवल,फागुन १ -   

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाउनुभएको छ ।

    अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिताभन्दा सत्ता र स्वार्थमा लागेको आरोप लगाउनुभयो ।

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै र प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

    अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै बिघटित संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

    राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,सचिब बाबुराम पन्थी सुनारको सञ्चालन र उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट,राजमो नेताहरु शेरबहादुर बिसी,झबिलाल थापा,सागर केसी,पशुपति ढकाल,कल्पना पोख्रेल लगायतले मनतब्य राख्नुभएको थियो ।बिरोध सभा पूर्व सुरु भएको जुलुसमा हजारौ कार्यकर्ताहरुले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेका थिए ।कार्यक्रममा रक्तिम सांस्कृतिक परीवारका कलाकारको प्रस्तुति समेत रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology