Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा राष्ट्रिय छात्र यु–१९ भलिबलको तयारी पूरा,८ टिम सहभागि हुने

बुटवलमा राष्ट्रिय छात्र यु–१९ भलिबलको तयारी पूरा,८ टिम सहभागि हुने

  • 321
    SHARES

  • बुटवलमा राष्ट्रिय छात्र यु–१९ भलिबलको तयारी पूरा,८ टिम सहभागि हुने

    बुटवल,जेठ २७ ।

    युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि बुटवलमा राष्ट्रिय यु–१९ छात्र खुला भलिबल प्रतियोगिता हुने भएको छ । जननेता मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मदनभण्डारी कप यु–१९ विद्यालयस्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३ हुने भएको हो ।

    बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । ‘सबैका लागि खेलकुद’ नारासहित बिसं २०६६ साल स्थापनासंगै निरन्तर खेलकुद गतिविधि गर्दै आएको एकेडेमी पछिल्लो केही समय देशको राजनीतिक अवस्थाका गतिशिल हुन नसकेको उनले बताए ।

    ‘यो वर्ष छात्र भलिबलसंगै प्रतियोगिताहरु शुरु भएको छ ।’–उनले भने । यसपछि बागमतीमा छात्रा भलिबल तथा अन्य खेल गतिविधिहरुलाई तिब्रता दिने उनले बताए । प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

    यसैगरि उपविजेता टिमलाई ५० हजार, तृतिय टिमलाई ३० हजार, चौथौ टिमलाई नगद १५ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैया तथा उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, बल्कर, डिफेन्सलाई ५ हजार रुपैया, ट्रफीबाट पुरस्कृत गरिने उनले बताए ।

    असार १ गतेससम्म संचालन हुने प्रतियोगितामा न्यूटन हाई स्कुल बागमति, पोखरा युनाईटेड एकेडेमी कास्की,इन्सपिरियसन ईगलिस स्कुल झापा, न्यू होराईजन स्कुल बुटवल, नवलपुर भलिबल एकेडेमी नवलपुर, दीप बोर्डिङ स्कुल बुटवल, मणिमुकुन्द कलेज बुटवल, मण्डला स्पोर्टस एकेडेमी पाल्पा गरि ८ टिमले भाग लिने संयोजक राम केसीले बताए । प्रतियोगिता संचालन गर्न करीब ३४ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology