Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिनाउ सुनचाँदी पसल : साहुले नै गरे कामदारसित मिलेर चोरी,पसल फोरेर सुन सबै घरमा डम्प !

तिनाउ सुनचाँदी पसल : साहुले नै गरे कामदारसित मिलेर चोरी,पसल फोरेर सुन सबै घरमा डम्प !

  • 4.6K
    SHARES

  • तिनाउ सुनचाँदी पसल : साहुले नै गरे कामदारसित मिलेर चोरी,पसल फोरेर सुन सबै घरमा डम्प !

    बुटवल,जेठ २७ ।

    बुटवलमा भएको भनिएको सुनचाँदी पसल चोरीको घटनामा सञ्चालक आफैले कामदारसित मिलेरचोरी गरेको खुलासा भएको छ । 

    जेठ १७ गते राति बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट ठूलो परिणाममा सुनचाँदी चोरी भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो । तर, पसलका सञ्चालक दीपक विक र कर्मचारी नवीन विक आफैंले पसल खोली गरगहना र सुनचाँदी चोरी गरेको ‘ड्रामा’ प्रहरीको अनुसन्धानले पर्दाफास गरेको हो । 

    नाटकीय रूपमा ‘मास्टर की’ बनाएर सञ्चालक बुटवल–५ बस्ने दीपक पसलका गहना उठाएर पोखरा घुम्न गएको नाटक मञ्चन गरेको पुष्टि भएको रुपन्देही प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जनक शाहीले बताए । 

    ‘पसलको बीमा दाबी गर्न र अन्य ग्राहकले पसलमा धितोमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने सोच एवं योजनाबद्ध रूपमा चोरीको नाटक गरेको देखिन्छ’, एसपी शाहीले भने, ‘दीपक र नवीन राति साढे ११ बजे पसलमा पसेर, साढे दुई बजे पसलबाट सुनचाँदी उठाएर सिद्धबाबामा राखेको गाडी चलाएर पोखरातर्फ गएको विभिन्न सीसीटीभी फुटेजबाट देखिन्छ ।’

    पसलबाट १ करोड ४६ लाख ९४ हजार ७०० रूपैयाँको सुनचाँदीका गहना चोरी भएको घटनाको सम्बन्धमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेको थियो ।  १९ गते बिहान स्थानीयले पसल खुला देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी त्यहाँ पुग्दा ५०र६० वटा नक्कली चाबीका झुप्पा फेला पारेको थियो । त्यस्तै, दुई वटा लकरमध्ये एउटा फोडेर त्यहाँ रहेका सबै गहना लगेको पाइएको थियो । घटनाको खोजी गर्न प्रहरीले विभिन्न स्थानका १५० वटा सीसीटीभी फुटेज अध्ययन गरेको थियो ।

    ‘पसलबाट लगेको सुन पनि हिनामिना गर्ने उद्देश्य देखिन्छ । हामीले विभिन्न आयामबाट अनुसन्धान गर्दा उनीहरू नै हो भन्ने पत्ता लागेपछि पक्राउ गरेर सार्वजनिक गरिएको हो’, एसी शाहीले थपे, ‘यो घटनामा यो भन्दा बढी परिणामको सुनचाँदी पनि हुनसक्छ भन्ने हाम्रो अनुमान छ । त्यो विस्तारै खुल्दै गएपछि सार्वजनिक गर्नेछौं ।’

    विलाश मोहन वझानथाछेको घरमा सटर भाडामा लिएर तिनाउ सुनचाँदी पसल चार दशकदेखि सञ्चालनमा रहँदै आएको थियो ।पहिला दीपकका बाबा तुलबहादुरले सञ्चालन गर्दै आएको पसल पछि उनले सञ्चालन गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले गहिरो अनुसन्धान र सीसीटीभी क्यामेराका विभिन्न स्थानका रेकर्डबाट पुष्टि गर्न सजिलो बनाएको बताए ।

    पसलबाट चोरी भएका केही गहना दीपकको घर बुटवल–५ बाट प्रहरीले फेला पारेको छ । त्यस्तै, जेठ १९ गते देव सुनचाँदी पसलमा चोरी गर्न ताला काट्दै गरेको अवस्थामा प्रहरीले ७ जनालाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएकाहरू रहेका छन् ।

    त्यस्तै, जेठ ४ गते बुटवल उपमहानगरपालिका वडा नम्बर–८ सुक्खानगरस्थित राजेश कुमार गुप्ताको घरको सुनचाँदी चोरी गर्ने कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका९ २ का २७ वर्षीय शिव ओम थारूलाई पक्राउ गरेको छ । घरबाट चोरी गरेको सुनका बाला २ वटा, लकेटसहित सिक्री १ थान, सुनका चार वटा झुम्का, औंठी ३ वटा लगायतका गहना प्रहरीले बरामद गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology