बुटवल, जेठ २४ ।
रुपन्देहीको बुटवलबाट एक महिला सम्पर्कबिहिन भएकी छन् । बुटवल ९ संयुक्त पथमा बस्दै आएकी ३५ बर्षिया प्रतिमा थापा पारिवारिक सम्पर्कमा नआएपछि उनलाई खोजीकार्य जारी राखिएको उनका श्रीमान् प्रेम थापा मगरले नागरिक अनलाइनलाई बताए ।
२ सन्तानकी आमा समेत रहेकी उनी जेठ ५ गतेबाट पारिवारिक सम्पर्कमा आएकी छैनन् । उनका श्रीमान प्रेमका अनुसार घरमा रहेको गरगहना समेत उनैले लगेकी छन् । माइत बाग्लुङ भएकी उनका ११ बर्षका छोरा र ७ बर्षकी छोरी समेत छन् ।
खोजीका लागि प्रहरीमा समेत निबेदन दिएको श्रीमान् प्रेम थापा मगरले नागरिक अनलाइनलाइ बताए । उनले श्रीमतीलाई जे जसो भएपछि सबै कुरा भुलेर घर फर्किन आग्रह समेत गरेका छन् । थापा सिद्धार्थ कटेजमा सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)