Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शक्ति गौचनद्वारा रूपन्देही क्रिकेट सङ्घको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

शक्ति गौचनद्वारा रूपन्देही क्रिकेट सङ्घको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

  • 354
    SHARES

  • शक्ति गौचनद्वारा रूपन्देही क्रिकेट सङ्घको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

    बुटवल, जेठ २३ ।

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले रूपन्देही क्रिकेट सङ्घको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।लुम्बिनी खुकुरी क्लब, बेलहियाले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा यही जेठ २५ गते हुने सङ्घको निर्वाचनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने गौचनले घोषणा गर्नुभएको हो ।

    क्रिकेट खेल र खेलाडीको समस्याको समाधान गर्न आफूले उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । उहाँले २५ वर्षसम्म आफूले क्रिकेटको विकासमा योगदान पुर्‍याएको बताउनुभयो । 

    गौचनले १८ वर्ष खेलाडीको रूपमा र खेलबाट सन्न्यास लिएपश्चात पनि क्रिकेट खेलको विकासमा निरन्तर लागि परेको बताउनुभयो । समग्र क्रिकेट खेलको विकासका लागि रूपन्देही क्रिकेट सङ्घको नेतृत्व गर्न आफूले चाहेको उहाँले बताउनुभयो । क्रिकेट प्रतियोगिता सञ्चालनका लागि प्रयाप्त भौतिक पूर्वाधार आवश्यक हुने उहाँको भनाइ छ । 

    ‘‘नेपाली क्रिकेटले छुट्टै पहिचान बनाएको छ, उहाँले भन्नुभयो–‘विगतमा रूपन्देही जिल्ला खेलाडी उत्पादनको जिल्लाको रूपमा चिनिन्थ्यो, अहिले केही सङ्ख्या घटेको छ, क्रिकेट क्षेत्रमा सुधारको आवश्यकता पनि छ, ’उहाँले भन्नुभयो । आफू अध्यक्षमा निर्वाचित भएपछि काम गरेर देखाउने उहाँले दाबी गर्नुभयो । ‘निस्वार्थ भावले क्रिकेटको विकासका निम्ति लागि परेका छौं र लाग्छौं, ’’उहाँले भन्नुभयो । 

    त्यस्तै रूपन्देही क्रिकेट सङ्घको उपाध्यक्ष पदका उम्मेदवार संजीव कुमार जोशीले क्रिकेट र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाँदा आर्थिक चलायमानमा पनि टेवा पुग्ने बताउनुभयो । 

    पत्रकार सम्मेलनमा लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, पूर्वअध्यक्ष राम बहादुर बस्नेत लगायतले बोल्दै गौचनको नेतृत्वले क्रिकेटका समस्या समाधान गर्ने दाबि गर्नुभयो । २५ गते हुने निर्वाचनमा हालका अध्यक्ष हरिबहादुर थापाले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology