Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रास्वपा रूपन्देही–३ को क्षेत्रीय सभापतिमा सुमन न्यौपानेको उम्मेदवारी

रास्वपा रूपन्देही–३ को क्षेत्रीय सभापतिमा सुमन न्यौपानेको उम्मेदवारी

  • 246
    SHARES

  • रास्वपा रूपन्देही–३ को क्षेत्रीय सभापतिमा सुमन न्यौपानेको उम्मेदवारी

    भैरहवा, जेठ २३ ।

    रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुराना तथा सक्रिय कार्यकर्ता सुमन न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।

    पार्टी स्थापना कालदेखि नै संगठन निर्माण, जनसम्पर्क विस्तार र विभिन्न अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उपाध्यायलाई त्यागी, इमानदार र ऊर्जाशील युवा नेताका रूपमा चिनिन्छ। क्षेत्रीय नेतृत्वका लागि उनको उम्मेदवारी सार्वजनिक भएसँगै स्थानीय तहका कार्यकर्ता तथा समर्थकहरू उत्साहित बनेका छन्।

    रास्वपाको संगठन विस्तार र सुदृढीकरणमा निरन्तर खटिएका न्यौपानेले पार्टीलाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनले कार्यकर्ताको भावना, सुझाव र सहभागितालाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा न्यौपानेको पक्षमा कार्यकर्ताको समर्थन बढ्दै गएको बताइन्छ। पार्टीभित्रको लामो सक्रियता, संगठनात्मक अनुभव र कार्यकर्तामाझ रहेको स्वीकार्यताका कारण उनलाई सभापति पदको बलियो दाबेदारका रूपमा हेरिएको छ।

    स्थानीय कार्यकर्ताहरूका अनुसार न्यौपानेले पार्टीका हरेक अभियानमा अग्रपङ्क्तिमा रहेर काम गरेका कारण नेतृत्वको जिम्मेवारी सम्हाल्न सक्षम व्यक्तिका रूपमा आफूलाई स्थापित गरेका छन्। क्षेत्रीय नेतृत्वमा नयाँ ऊर्जा र प्रभावकारी कार्यशैलीको अपेक्षा गरिरहेका कार्यकर्ताले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्।

    आगामी क्षेत्रीय अधिवेशनले रूपन्देही–३ मा रास्वपाको भावी नेतृत्व तय गर्ने भएकाले न्यौपानेको उम्मेदवारी अहिले चर्चाको केन्द्र बनेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology