Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वदेशी सिमेन्ट तथा कंक्रिटको प्रयोग गरी पूँजी पलायनलाई रोकौँ

स्वदेशी सिमेन्ट तथा कंक्रिटको प्रयोग गरी पूँजी पलायनलाई रोकौँ

  • 288
    SHARES

  • स्वदेशी सिमेन्ट तथा कंक्रिटको प्रयोग गरी पूँजी पलायनलाई रोकौँ

    बुटवल,जेठ २१ ।

    बिकास निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा विज्ञहरुले सुझाब दिनुभएको छ । नेपालमा सडक बिस्तार तथा अन्य भौतिक पूर्वाधारको निमार्णमा नेपालमै उत्पादनमा भएका सिमेन्ट तथा कंक्रिटको प्रयोग गरी पूँजी पलायनलाई रोक्नुका साथै रोजगार सिर्जनामा टेवा पुर्याउन सकिने उहाहरुको सुझाब छ ।

    सिमेन्ट उत्पादक संघ नेपालले बुधबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सडकको लागि बलियो फुटपाथको डिजाइन र निर्माण सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले अब अन्तर्राष्ट्रिय कच्चा पदार्थको विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको हो । सो अवसरमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य ई. अर्जुन जंग थापाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै सडक निर्माणमा क्रमिक रुपमा सिमेन्टको प्रयोगलाई बढाउँदै लगिएको बताउनुभयो ।

    यस क्षेत्रमा सडक बिस्तारको ठूला आयोजना अन्तरगत पर्ने दाउन्ने क्षेत्रमा करिव ११ किलोमिटर सडक, सिद्धबाबा सुरुङमार्ग लगायतका क्षेत्रमा ढलान सडक बनाउँदा सिमेन्टको प्रयोग गरिएको उदाहरण प्रस्तुत गर्दै उहाले यसलाई क्रमिक रुपमा बढाउँदै लगिने उल्लेख गर्नुभयो ।
    फरक प्रसङ्गमा आयोगका सदस्य थापाले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पोखरा सडक बिस्तारको योजनाका लागि यसै वर्ष टेन्डर प्रक्रियामा जाने जानकारी गराउनुभयो । पुरानो डिजान अनुसार जाने वा नयाँ डिजाइन निर्माण गरेर आजे विषयमा छलफल चलिरहेको बताउँदै उनले यो वर्ष टेन्डर प्रक्रियामा जाने उल्लेख गर्नुभयो  । यसैगरी बुटवलदेखि पाल्पाको रानीमहल हुँदै कालिगण्डकी करिडोर तथा मुक्तिनाथसम्मको मार्गलाई छोटो दुरी हुनेगरी सडक बिस्तारको योजना बारे सरकारले योजना निर्माण गरी अघि बढ्न सक्ने उल्लेख गर्नुभयो ।

    बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवलको बिकास र पर्यटन प्रवद्र्धनका लागि मुक्तिनाथसम्मको यात्रालाई थप सहज हुनेगरी सडक बिस्तारको योजना ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

    बुटवललाई केन्द्रमा राखेर नजिकका पर्यटकीय स्थलहरुमा पहुँचमार्ग बिस्तार गर्नुपर्नेमा उनको जोड थियो । प्रमुख पाण्डेयले सडक बिस्तार गर्दा गुणस्तरीय र टिकाउन बनाउनका लागि अस्पाल तथा बिटुमिनको बिकल्पमा सिमेन्टको प्रयोग गरी ढलान गर्ने प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    स्थानीय पूर्वाधार बिकास विभागका महानिर्देशक ई. अशोक कुमार साह, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तीयाक अहमद खाँ,सिमेन्ट उत्पादक संघ नेपालका अध्यक्ष रघु नन्द मरु तथा ईन्जिनियर्स एसोसिएन लुम्बिनी प्रदेश अध्यक्ष महेश्वर लम्साल लगायतले बोल्दै नेपाललाई सिमेन्ट र काठ उत्पादनको हब बनाउनु पर्नेमा जोड दिनुभयो  ।

    सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको अवस्थामा अब सिमेन्ट र कंक्रिटको प्रयोगलाई जोड दिनुपर्ने उहाहरुको सुझाब छ । गुणस्तर र टिकाउका हिसाबले पनि ढलान गरिएको सडक उपयुक्त हुने बताउँदै उहाहरुले सरकारी स्तरबाटै नीतिगत व्यवस्थामा सुधारको आवश्यकता औल्याउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology