Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निलम्बनमा परे नेपाली कांग्रेस बारा सभापति राजेश राय यादव

निलम्बनमा परे नेपाली कांग्रेस बारा सभापति राजेश राय यादव

  • 279
    SHARES

  • निलम्बनमा परे नेपाली कांग्रेस बारा सभापति राजेश राय यादव

    काठमाडौं,जेठ २१ ।

    नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ ।

    यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको थियो । गत फागुन २१ मा समपन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा यादवविरुद्ध उजुरी परेको थियो ।

    बिहीबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि निलम्बन गरेको पार्टीका सचिव दिनेश थापामगरले जानकारी दिए ।

    विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम उनलाई कारबाही गरिएको जनाइएको छ । उनलाई वैशाख ३० गते पाँच दिने स्पष्टीकरण पनि सोधिएको थियो । उनले उक्त स्पष्टीकरण नबुझाएपछि पुन: जेठ १२ गते पार्टीले अर्को स्पष्टीकरण सोधेको थियो ।

    पटक समेत कुनै जवाफ नदिएपछि उक्त विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु पर्ने देखिएकोले निलम्बन गरिएको सचिव मगरले बताएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology