बुटवल,जेठ २१ ।
हिमालयन लाइफ इन्स्योरेन्सको १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
“रक्तदान, जीवनदान” भन्ने मूल नारासहित बुटवलस्थित ब्लड बैंकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
त्यसैगरी, तिलोत्तमा नगरपालिका–४ डिङ्गरनगरस्थित जनज्योति माविको प्रावि तहमा अध्ययनरत ११२ जना विद्यार्थीहरूलाई कापी तथा कलम वितरण गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम आचार्य, शिक्षक अमृत काफ्ले, इन्स्योरेन्सका प्रदेश उपप्रमुख शिव कुमाल तथा बुटवल शाखा प्रमुख सुरेश ज्ञवाली लगायतले बोल्नुभएको थियो ।सो अवसरमा इन्स्योरेन्स साथै कर्मचारी,एजेन्सि म्यानेजरहरूको सहकार्यमा बिद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
यसैबिच बुटवलमा भएको रक्तदान कार्यक्रममा ५९ पोएन्ट रगत संकलन भएको हिमालयन लाइफ इन्स्योरेन्स प्रदेश उपप्रमुख जुना कुँवरले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
नेपाल स्वयं सेवी रक्तदाता समाज जिल्ला कार्यसमिति रुपन्देहीको सहकार्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख बुध्दबहादुर सुर्यवंशी , उपप्रमुख शिव कुमाल लगायतले रक्तदानको महत्व र हिमालयन लाइफ इन्स्योरेन्सका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदातालाई सम्मान समेत गरिएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)