तिलोत्तमा,जेठ २१ —
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं. १३ मा एडभान्स हर्वल साबुन तथा भाडा धुने साबुन बनाउने सीप विकास तालिम सम्पन्न भएको छ ।
तालिममा १४ जना सहभागीहरूले विभिन्न प्रकारका हर्वल साबुन तथा भाडा धुने साबुन उत्पादन गर्न सिकेका छन् । तालिमको समापनमा उनीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।
समापन कार्यक्रममा कार्यपालिका सदस्य रवि सेन्चुरीले तालिमले स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी बनाउनेमा जोड दिए । वडाध्यक्ष नारायण प्रसाद ढकालले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने बताए ।
सामाजिक शाखाकी शान्ता विश्वकर्माले सहभागीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्न प्रोत्साहन गरिन् भने सहभागी दुर्गा भुसालले तालिम उपयोगी भएको प्रतिक्रिया दिइन् । प्रशिक्षक सुना श्रीसले सहभागीहरूले राम्रोसँग सिकेको र अब उनीहरूले आफैं उत्पादन गर्न सक्ने बताइन् ।
यो तालिमले स्थानीय स्तरमा लघु उद्यम प्रवर्द्धन गर्दै गरिबी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)