काठमाडौँ, जेठ २०।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तापछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्नुभएको छ। भेटपछि भारतका प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई हामी स्वागत गर्दै पूर्ण समर्थन गर्दछौँ ।’
मोदीले नेपाल र भारतबीचको ऐतिहासिक एवं जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग कूटनीतिक तथा आर्थिक क्षेत्रमा सहकार्यलाई तीव्र पारिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)