Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बांड्यो डस्टबिन,सबै टोल सफा बनाइने

नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बांड्यो डस्टबिन,सबै टोल सफा बनाइने

  • 2.4K
    SHARES

  • नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बांड्यो डस्टबिन,सबै टोल सफा बनाइने

    बुटवल,जेठ १६ ।

    नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना तथा बुटवल वडा नं. १३ को सहकार्यमा डस्टबिन बितरण सुरु गरिएको छ। 

    बुटवल वडा नं १३  बँदेलपोखरीमा आज एक कार्यक्रमका बीच डस्टबिन बितरण सुरु गरिएको हो । १४ वटा टोलमा ५ घरधुरी बराबर एक डस्टबिनको दरले कुल ५१७ वटा डस्टबिन बितरण थालिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल १३ का वडा सदस्य लालबहादुर गुरुङले स्थानीय स्तरमा फोहोरमैला व्यवस्थापन, सरसफाइ चेतना अभिवृद्धि र स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । गुरुङले वडाले खानेपानीलाई फेरिपनि बजेट दिएर सहकार्य गर्ने बताउदै समयमै आउन आग्रह गर्नुभयो। । IMG_3246.jpeg

    नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकी अध्यक्ष मीना जीसीले विश्व वातावरण दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले सरसफाइ प्रवर्धन र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले डस्टबिन बितरण गरिएको बताउनुभयो।

    IMG_3257.jpeg

    कार्यक्रम खानेपानीका उपाध्यक्ष एवं सरसफाइ संयोजक तथा कार्यक्रम संयोजक सिर्जना पौडेलको अध्यक्षतामा भएको थियो ।

    कार्यक्रम सदस्य राधा घिमिरेको स्वागत तथा सदस्य घनश्याम पौडेलले सञ्चालन गर्नुभएको थियो ।सो  कार्यक्रममा टोल विकास समितिका श्रीधर बेल्वासे,सल्लाहकार शेरजंग गुरुङ लगायतले बोलेका थिए ।

    सदस्य सीता आचार्यले १९ गते झोला बितरण र २२ गते मुख्य कार्यक्रम रहने बताउनुभयो ।

    IMG_3249.jpegयस्तै गरि नयाँगाउँ टोल विकास, मुक्तिनाथ मन्दिर परिसर, बुद्धनगर टोल विकास, भैरव टोल विकास, सत्गढी टोल विकास, आदर्शनगर टोल विकास लगायतका टोलहरूमा घोला सरसफाइ गरिएको छ । अभियानले बुटवल–१२ र १३ का विभिन्न टोलहरूलाई समेट्ने सचिव रामप्रसाद भुसालले बताउनुभयो ।3a18cada-aafd-484d-9a88-825c80253bca.jpegIMG_3263.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology