Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यात्रा सुरक्षित बनाउनका लागि प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रम

यात्रा सुरक्षित बनाउनका लागि प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रम

  • 627
    SHARES

  • यात्रा सुरक्षित बनाउनका लागि प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रम

    बुटवल,जेठ१५ ।

    सुरक्षित यात्रा नेपालको आयोजनामा प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवलमा आज सुरक्षित यात्रा नेपालको आयोजनामा भएको कार्यक्रममा सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष  कृष्ण प्रसाद बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बोल्दै हरेकको यात्रालाई सुरक्षित बनाउनका लागी ट्राफिक नियमको पालना गर्दे सबै सचेत भई ब्यवहारमा लागु गर्न आफैबाट शुरुवाद गर्दे जनचेतनाका कार्यक्रमलाई निरन्तर गर्न हातेमालो गरी नगरपालिका अगाडी बढ्रने बताउनुभयो ।IMG_3203.jpeg

    विशिष्ठ अतिथि सुरक्षित यात्रा नेपालका संरक्षक अर्जुन रानाभाट,बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक ज्ञवाली,नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख निशान थापा,न्यु होराइजन बोर्डिङ् स्कुलका प्राचार्य वासुदेव अर्याल,प्रहरी वरिष्ठ नायव निरिक्षक ज्ञानु पाण्डेय लगायतले बोल्दै सुरक्षित सहज र मर्यादित यात्रा एवंम सडक दुर्घटना न्यूनीकरणका लागी सबै एकजुट भएर अगाडी बढ्नुपर्ने सुझाव दिनुभएको थियो।

    कार्यक्रममा यातायात ब्यवसायी, शिक्षक,चालक,टा्फिक प्रहरी,विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रमको संचालन जिल्ला ट्राफिक कार्यालय रुपन्देही प्रहरी निरिक्षक प्रतिमा कार्कीले गर्नुभएको थियो । कार्यक्रममा सुरक्षित यात्रा नेपालका केन्द्रिय महासचिव प्रकाश कुमार नेपालले स्वागत तथा उपाध्यक्ष प्रकाश गैरेले धन्यवाद दिनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ १५ २०८३०६:३६:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology