Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संघीयता हटाउन संविधान संशोधन : चित्रबहादुर केसी

संघीयता हटाउन संविधान संशोधन : चित्रबहादुर केसी

  • 285
    SHARES

  • संघीयता हटाउन संविधान संशोधन : चित्रबहादुर केसी

    बुटवल, जेठ १०।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानबाट संघीयता हटाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संविधानलाई गतिशील दस्तावेजको रुपमा परिभाषित गरिएपनि संघीय प्रणालीलाइ देशले थेग्नै नसक्ने बताए ।

    राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको संविधान संशोधनको शन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले भने – राष्ट्रियता, संविधान, गणतन्त्र, धर्मनिरिपेक्षता रक्षा र संघीयता खारेजका लागि संविधान संशोधन गर्नुपर्छ ।

    संघीयताले मुलुकको राष्ट्रियता र अर्थतन्त्रमा गम्भीर संकट ल्याएको जिकिर गर्दै संघीय प्रणाली भित्रको प्रदेश हटाएमा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने बताए ।

    अध्यक्ष केसीले संसद, सर्वोच्च अदालत लगायत अन्य थुप्रै प्रतिष्ठानहरु खरानी पारेर सत्तामा पुगेकाहरुले संविधान संशोधनको नाममा निरंकुशता लादेर राजा ल्याउन सक्ने भएकाले गणतन्त्रबादीहरु सचेत हुनुपर्नेमा जोड दिए ।

    संविधान संशोधनका मुद्धा पहिचान गर्दा गणतन्त्र र राष्ट्रियताको प्रश्नमा विदेशी हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताउंदै यो सरकार र संविधान संशोधनका ालागि बनेको कार्यदलप्रति भरोसा गर्न सकिदेन भने ।

    सरोकारवाला निकायहरुले गणतन्त्र र राष्ट्रियताको विषयमा अस्थिरता ल्याउने खालका संशोधन स्वीकार्य नहुने, संविधानको संस्थागत विकास र समावेशितालाई बलियो बनाउने गरी संशोधन हुनुपर्ने, गणतन्त्रको संस्थागत सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले अमेरिकाले संसद कब्जा गरेर निर्वाचन गराएको दावी गर्दै यस्तो निर्वाचनबाट बनेको सरकारका कारण राजा आउने सम्भावना रहेको बताए ।

     

    सरकारको आलोचना गर्दै अध्यक्ष केसीले संसद, अदालत र सेना कब्जा गरेर बनेको सरकारले देशलाई कुनैपनि हालतमा देशलाई निकास दिन नसक्ने बताए ।

    वर्षेदेखि बस्दै आएका भूमिहिन तथा अव्यवस्थित बसोवासीलाई डोजर लगाएर हटाउने सरकारको कार्य निरंकुश र जनबिरोधी भएको भन्दै अध्यक्ष केसीले सरकारको आलोचना गरे ।

    लुम्बिनी प्रदेशका पूर्व न्यायधिवक्ता खुमाकान्त पौडेलले संविधान संशोधनको प्रक्रियालाई राजनीतिक स्वार्थभन्दा माथि राखेर संवैधानिक सर्वोच्चता सुनिश्चित गर्नुपर्ने बताए । देशका लागि संघीयता घाडो भैसकेको उल्लेख गर्दै विधि र प्रक्रियाबाट संविधान संशोधन गर्न सकिने बताए ।

    उक्त कार्यक्रममा  क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटव्यूरोे सदस्य पे्रम सुवेदी, नेकपाका केन्द्रिय सदस्य शरद वली, नेपाली कम्युनिष्ट पार्टीका पशुपति भण्डारी, एमालेका रुपन्देही उपसचिव बाबुराम पंथी, कांगे्रस रुपन्देही जिल्ला सदस्य गोविन्द खनाल, उच्च अदालत बार एसोसिएशन बुटवलका अध्यक्ष गोविन्द मरासिनी, नागरिक अगुवा तथा अधिवक्ता पदमबहादुर कार्की, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे लगायतले बोल्दै संविधान, गणतन्त्र, राष्ट्रियता जोगाउन र राष्ट्रिय जनमोर्चाले भने झै संघीयता हटाउनका लागि संविधान संशोधन गर्न सकिने बताए ।

    उनीहरुले संविधान संशोधन गर्न आवश्यक रहेपनि संविधान संशोधनको नाममा यो गणतान्त्रिक व्यवस्थानै संकटमा पर्न सक्ने सम्भावना रहेकाले गम्भीर हुनुपर्ने बताए । राष्ट्रियतालाई बलियो बनाउने संवैधानिक धाराहरु परिमार्जन गर्दा ध्यान पु¥याउनुपर्ने बताउँदै संघीयताको मोडेलमा पुनरावलोकन आवश्यक रहेको भन्दै अधिकार र कर्तव्यको सन्तुलनमा जोड दिनुपर्ने जनाए ।

    राष्ट्रिय जनमोर्चा रुपन्देही कार्यबहाक अध्यक्ष इन्द्रिरा ज्ञवालीको अध्यक्षता र चेतनाथ आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology