बुटवल,जेठ १०।
रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले नवलपरासी पश्चिमका अग्रहरीसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
अग्रहरी नेपाली काँग्रेस नवलपरासी पश्चिमका निर्वाचित जिल्ला सदस्य हुन् भने उनी नेपाल उद्योग वाणिज्य पश्चिम नवलपरासीका पुर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
यसैगरि उद्योग वाणिज्य संघ बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठलेले पनि काँग्रेस छोडेर रास्वपा प्रवेश गरेका छन् । केही दिन अघि मात्रै नेपाली काँग्रेस सिद्धार्थनगर समिति अध्यक्ष काेशिष खड्का सहित दर्जन बढी नेताहरू काँग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए ।
काँग्रेस छाड्नेहरूमा खड्कासँगै महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दल नगर अध्यक्ष दीपेन्द्र बुढाप्रिती, काँग्रेस नगर उपसभापति किरण घिमिरे, सहसचिव कृष्ण साहनी, नेविसंघ जिल्लाा उपसभापति आकाश पौडेल, नगर सभापति प्रतीक भण्डारीसहित १४ जना रास्वपा प्रवेस गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)