बुटवल,जेठ ८ ।
क्रिमसन अस्पताल मणिग्रामले युरोलोजी सेवा थप गरेको छ । बरिष्ठ युरोलोजिष्ट सर्जन डा.सन्दीप खनालले जेठ १० गते आईतवारदेखि नियमित रुपमा ओपीडीमा चेकजाँच तथा आवश्यकता अनुसार सर्जरी सेवा दिनु हुनेभएको छ ।
युरोलोजी सेवा हरेक दिन आईतवारदेखि शुक्रबारसम्म बिहान १० देखि ४ बजेसम्म लिन सकिने अस्पतालले जनाएको छ ।
डा. खनाल यसअघि प्रहरी अस्पताल काठमाण्डौं, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेजलगायतमा काम गर्नुभएको थियो ।
काठमाण्डौं युनिभर्सिटीबाट एमएस बिशेषज्ञता हासिल गर्नुभएका डा.खनालले त्रिभुवन विश्वविद्यालयलबाट युरोलोजीमा एमसिएच उपाधि हासिल गर्नुभएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवा सहज उपलब्धता, दक्ष जनशक्ति उत्पादन हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ क्रिमसन कलेज अफ टेक्नोलोजीद्धारा स्थापना भएको क्रिमसन अस्पताल पश्चिम नेपालमै अत्याधुनिक सुविधासम्पन्न र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नीजि क्षेत्रको पहिलो अस्पताल हो । बि.सं २०६८ सालदेखि संचालनमा आएको यो अस्पताल २०७५ सालदेखि स्तरोन्नति गरी १०० बेड क्षमतामा गुणस्तरीय बिशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।
न्युरो बिशेषज्ञसहित क्रिमसन अस्पतालमा लामो अनुभव प्राप्त र दक्ष हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन, युरो सर्जरी, जनरल फिजिसियन, नाक, कान तथा घाँटी रोग बिशेषज्ञ, मुटुरोग बिशेषज्ञ, छाला तथा यौन रोग बिशेषज्ञ, रेडियोलोजिष्ट, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार बिशेषज्ञ, सिटिभिएस सर्जरी (मुटु, छाती तथा नशा शल्य चिकित्सा), बाल रोग बिशेषज्ञ, नशा तथा मनोरोग बिशेषज्ञ, मृगौला रोग बिशेषज्ञ, छाती तथा फोक्सो रोग बिशेषज्ञ, दन्तरोग बिशेषज्ञ, प्याथोलोजिष्ट लगायतका सिनियर समेत गरी ४० जना चिकित्सक कार्यरत हुनुहुन्छ ।
१५० भन्दा बढी दक्ष र अनुभवी नर्सिङ्ग स्टाफहरु बिरामीहरुको सेवामा खटिनु भएको छ ।
अस्पतालमा नेपाल सरकारको बिपन्न कार्यक्रम मृगौलाको डायलासिस, मुटुको एन्जियोप्लास्टी, एन्जियोग्राफी, पेसमेकर जस्ता सेवाहरु समेत उपलब्ध रहेका छन् ।
भारतीय दुतावाससँगको सहकार्यमा भारतीय सेनाबाट रिटायर्ड पूर्व सैनिक कर्मचारी तथा उनीहरुका आश्रित परिवारको स्वास्थ्य उपचार सेवा समेत क्रिमसन अस्पतालमा उपलब्ध छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)