Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गार्गी एकेडेमीमा एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान, अमिसाले पाइन् २५ हजारको चेक

गार्गी एकेडेमीमा एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान, अमिसाले पाइन् २५ हजारको चेक

  • 843
    SHARES

  • गार्गी एकेडेमीमा एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान, अमिसाले पाइन् २५ हजारको चेक

    बुटवल, जेठ ७ ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर–११ देवीनगरस्थित गार्गी एकेडेमीले माध्यामिक शिक्षा परीक्षा एसईई–२०८२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई, शुभकामना तथा सम्मान गरेको छ ।

    बुधबार स्कूलले एक समारोह आयोजना गरी उच्च अंकसहित एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै बधाई तथा शुभकामना प्रदान गरेको हो । एसईईमा विद्यालयका छात्रा अमिसा पौडेलले चार जीपीए ल्याएर उत्तीर्ण भएकी छन् । यस्तै ५ जना विद्यार्थीले ३.९० भन्दा माथिको जीपीए ल्याएर उत्तीर्ण भएका छन ।

    यस्तैगरी ३.६१ भन्दा माथि ३४, ३.२१ देखि ३.६० जीपीएसम्म ३९ र २.८१ देखि ३.२० ल्याउने १४ जना विद्यार्थीसहित शत प्रतिशत ८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 
    सम्मान कार्यक्रममा बोल्दै अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गार्गी एकेडेमीले स्थापनाको छोटो समयमा हाँसिल गरेको उत्कृष्ट नजिता सबैका लागि सिकाई बनेको बताए । शिक्षक, अभिभावक र विद्यार्थीको सफल सहकार्यबाट मात्रै सफलता हाँसिल गर्न सकिने बताउँदै उनले त्यसमा गार्गीले आफूलाई उत्कृष्टता देखाएको चर्चा गरे । विद्यार्थीलाई पढाईसँगै नैतिक शिक्षा, अनुशासन र संस्कार आवश्यक रहेको ज्ञवालीले जोड दिए । 
    कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले सबैको संकल्प, लगनशीलता र आत्मविश्वासबाट अहिलेको नजिता विद्यालयले हाँसिल गर्न सफल भएको बताए ।IMG_2754.jpeg

    विद्यालयको सबै टिमको परिश्रमबाट चार जीपीएसहित आएको प्राचार्य अधिकारीको भनाइ छ । कार्यक्रममा विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले विद्यालयको  बलियो शैक्षिक धरोहरलाई अहिलेको नतिजाले झनै सशक्त बनाएको बताए । सो अवसरमा चार जीपीए ल्याउने विद्यार्थी अमिसा पौडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

    त्यस्तै मावि शिक्षकहरुलाई पनि नगरसहित सम्मान गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीमबहादुर चौधरीले जानकारी दिए । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष रणबहादुर थापा, विद्यार्थी अमिसा पौडेल, मावि संयोजक समिर अधिकारी लगायतले बोलेका थिए । विद्यालयका २ हजार ७०० विद्यार्थी अध्ययनरत छन । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology