बुटवल,माघ ३०-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताउनु भएको छ ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्धारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दावी गर्नुभयो ।
साक्षात्कारमा बोल्दै गुरुङले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाईएको उदाहरण दिनुभयो । उहाँले संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुर्नस्थापना हुन सक्ने दावी गर्नुभयो ।
प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनबिद्रोह पनि हुन सक्ने दुवै सम्भावना रहेको दावी गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता गुरुङले देशमा स्थिरता र स्थायित्व कामय गर्न संसदलाई सक्रिय बनाउनु पर्ने उल्लेख गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दैमा विघटन हुन नसक्ने दावी गर्नुभयो ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम पश्चगामी भएको दावी गर्दै प्रधानमन्त्री ओलीले फासीवादी र तानाशाही चिन्तन देखाएको आरोप लगाउनुभयो । प्रतिनिधि सभा विघटनसंगै नेपाललाई क्रिडास्थल बनाउ बिदेशी शक्तिकेन्द्रहरु आर्कषित भएको बताउनुभयो ।
उहांले बैशाकमा चुनाव हुन नसक्ने दावी गर्दै प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरित भएकाले असंवैधानिक रुपमा नेपालमा चुनाव नहुने ठोकुवा गर्नुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)