Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजकाे मौसम पूर्वानुमान यस्ताे छ,देशभर सामान्यतया बदली हुने

आजकाे मौसम पूर्वानुमान यस्ताे छ,देशभर सामान्यतया बदली हुने

  • 3.9K
    SHARES

  • आजकाे मौसम पूर्वानुमान  यस्ताे छ,देशभर सामान्यतया बदली हुने

    बुटवल भदाै १३-

    मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ रहेको छ ।

    साथै भारतको  मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने जनाएको छ । 
     महाशाखाले हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिएको छ ।  शनिबार जारी पूर्वानुमानमा दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १  को  एक वा दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ । 

    यसैगरी, शनिबार राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, सुदुर पश्चिम प्रदेशका  एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology