Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूरूक्षेत्रमा नतिजा विश्लेषण कार्यक्रम सम्पन्न, शैक्षिक गुणस्तरमा जोड

रूरूक्षेत्रमा नतिजा विश्लेषण कार्यक्रम सम्पन्न, शैक्षिक गुणस्तरमा जोड

  • 843
    SHARES

  • रूरूक्षेत्रमा नतिजा विश्लेषण कार्यक्रम सम्पन्न, शैक्षिक गुणस्तरमा जोड

    गुल्मी,जेठ ५ ।

    रुरुक्षेत्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा “प्र.अ. बैठक तथा नतिजा विश्लेषण कार्यक्रम” सम्पन्न भएको छ ।

    गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा विद्यालयहरूको वार्षिक परीक्षाको नतिजा, सिकाइ उपलब्धि, शैक्षिक गुणस्तर तथा सुधारका उपायबारे विस्तृत समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीको नतिजा सुधार गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

    बैठकमा पचास प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण गराउने विषयगत शिक्षकहरूले लिखित स्पष्टीकरण समेत पेश गरेका थिए । गाउँपालिकाले कमजोर नतिजा भएका विषयहरूको कारण, चुनौती तथा सुधारका योजनाबारे शिक्षकहरूसँग छलफल गर्दै आगामी दिनमा नतिजा सुधारमा विशेष ध्यान दिन निर्देशन दिएको जनाएको छ ।

    शिक्षा शाखाका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, नियमित अनुगमन तथा जिम्मेवार शिक्षण प्रणाली विकास गर्न आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रमा सुधारका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology