Logo मंगलवार, श्रावण १२ गते २०८३
images

छाडा चौपाया ब्यवस्थापनका लागि बुटवलमा पाच दिने अभियान शुरु

छाडा चौपाया ब्यवस्थापनका लागि बुटवलमा पाच दिने अभियान शुरु

  • 675
    SHARES

  • छाडा चौपाया ब्यवस्थापनका लागि  बुटवलमा पाच दिने अभियान शुरु

    बुटवल,जेठ ३ ।

    छाडा चौपायाबाट अत्याधिक सडक दुर्घटना र मानविय क्षति समेत हुन थालेपछि बुटवलमा पाच दिने अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको अगुवाईमा टोल विकास संस्था, आमा समुह, सामाजिक संघसंस्था, ट्राफिक प्रहरी, जनपथ प्रहरीहरुको सहयोगमा नगर क्षेत्रमा छरिएर रहेको छाडा चौपायालाई ब्यवस्थित गर्ने काम अघि बढेको हो ।

    पाँच दिनसम्म ब्यवस्थापन अन्तरगत विभिन्न स्थानमा रहेको चौपायाहरुलाई दैनिक शिवनगर सामुदायिक वनस्थित नन्दनी गौशालामा लगिने छ ।

    आईतबार यो कामको औपचारिक शुरुवात भएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, विभिन्न वडाका वडाअध्यक्षसहित चौपायाहरुलाई गोलपार्कबाट राजमार्ग चौराहा हुदै गौशालासम्म करीब एक सय बढी गाईगोरुहरु लगेका छन । नगरप्रमुख पाण्डेले छाडाचौपाया ब्यवस्थापनको काम स्थानिय पालिकाबाटमात्र सम्भव नरहेको जिकिर गरे । यसअघि पनि गरिएको उनले स्मरण गरे ।

    बुटवलमा चौपाया नभएपनि छिमेकी पालिकाहरुबाट उत्पादन हुन छोडेपनि छोडेका चौपाया बुटवलमा आउने गरेको बताए । उनले छिमेकी देश भारतबाट समेत छाडाचौपायाहरु भित्रने गरेको भन्दै यसमा प्रदेश र संघिय सरकारबाट समेत आवश्यक सहयोग जरुरी रहेको बताए ।IMG_2591.jpeg
    यता केही समाजसेवीहरु भने यसरी छाडाचौपाया ब्यवस्थापनको नाममा गौशालामा लग्नुमात्र समाधान नभएको बताउछन । यसअघि धेरै पटक सडकका गाईगोरु गौशालामा लगिएको भएपनि त्यो सफल नभएको भन्दै दीर्घकालिन योजना र सोचका साथ लाग्न सुझाव दिन्छन । प्रचारका लागि भन्दा पनि वास्तविक समाधान गर्नतर्फ अघि बढ्न उनिहरुको सुझाव छ ।
    हाल साढे चार विगाहा क्षेत्रफलमा रहेको नन्दनी गौशालामा छाडाचौपायालाई ब्यवस्थापन गरिदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology