बुटवल ,जेठ ३ ।
‘तिलोत्तमा बाल सम्मेलन-२०८३’ ४ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिको आयोजनामा शनिबार भएको उक्त सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनमा बालबालिकासँग सम्बन्धीत विषयमा प्यानल डिस्कर्सन समेत भएको थियो । साथै बालबालिकाहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया समेत गरिएको थियो । 
सम्मेलनको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै नगरपालिकाले बालबालिकाहरुलाई साझेदारको रुपमा लिने गरेको बताए । साथै विद्यार्थीहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकपालमा पनि अब्बल बनाउन आवश्यक रहेकोमा उनले जोड दिए । बालबालिकाको क्षमता विकासका लागि गर्ने लगानी खेर नजाने भएकाले तिलोत्तमाले बालबालिकाको क्षमता विकासका लागि मन खोलेर लगानी गरेको बताए ।
यस्तै उपप्रमुख जागेश्वरी चौधरीले पनि बालबालिकालाई हरेक विषयमा अब्बल बनाउनु अहिलेको आवश्यकता रहेको बताइन् । सोही कारणले नै नगरपालिकाले बालबालिको क्षमता विकासमा आफुहरुको विशेष प्राथमिकतामा राखेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले पनि अहिलेको युग प्रतिस्पर्धाको रहेकाले हरेक विषयमा सानैदेखि अब्ब्ल बनाउनु पर्ने बताए ।
तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरी, विपद व्यवस्थापन समिति संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्री, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शिक्षा अधिकृत धनिप्रसाद शर्मा, कार्यपालिका सदस्य राधा शाही, तिलोत्तमा नगरपालिकाका १ देखि १७ वटै वडाका वडा अध्यक्ष, नगर बालमैत्री समन्वयकर्ता सारदा घिमिरेलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा पत्रकारहरू कपिल ज्ञवाली,मोहन न्यौपाने र प्रकाश पाण्डेले प्यानल डिस्कसनको सहजीकरण गरेका थिए ।
कार्यक्रम तिलोत्तमा बाल सञ्जाल अध्यक्ष महिमा खनालको अध्यक्षता, सचिव आकृति पाण्डेको संचालन र सदस्य प्रेम नारायण पन्थीको स्वागत मन्तव्यमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)