Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल यातायात प्रा.लि.मा निर्वाचित समितिको पदस्थापन सम्पन्न

बुटवल यातायात प्रा.लि.मा निर्वाचित समितिको पदस्थापन सम्पन्न

  • 417
    SHARES

  • बुटवल यातायात प्रा.लि.मा निर्वाचित समितिको पदस्थापन सम्पन्न

    बुटवल,जेठ १ ।

    बुटवल यातायात प्रा. लि. बुटवलको बैशाख २५ गते सम्पन्न तेस्रो अधिबेसनबाट निर्वाचित अध्यक्ष, संचालक र रुट संयोजकहरुको पदस्थापन गरिएको छ ।
    शुक्रवार प्रा.लि. को सभाहलमा एक कार्यक्रमको आयोजना गरि निर्वाचित समितिको पदस्थापन गरिएको हो । 
    अधिबेसनबाट अध्यक्षमा रबिन्द्रमान श्रेष्ठ तथा संचालकमा रामबहादुर  शाही, दिपक प्रसाद श्रेष्ठ, कबिन्द्रमान श्रेष्ठ, ज्ञानबहादुर सार्की, लाल प्रसाद शर्मा र रमेश खड्का निर्विरोध निर्वाचित भएका छन् । 
    यस्तै रुट संयोजक तर्फ बुटवल बर्दघाट बालकुमार यादव, बुटवल नारायणगढ बिनोद सिंह ठकुरी, बुटवल कृष्णनगर बिस्नु बहादुर खत्री, बुटवल हरैया राजुकुमार लम्तरी, बुटवल साल्झन्डी लक्ष्मण परियार, बुटवल पथ्थरकोट शिव पान्डे, बुटवल तौलिहवा सिद्दिमान गिरि, बुटवल ४ नम्बर केशव नेपाली र लामो दुरिमा धन बहादुर भलामी निर्वाचित भएका छन् ।
    कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अर्जुन कार्कीले नव निर्वाचित संचालक तथा रुट संयोजकहरुलाई पद तथा गोपनियताको सपथ गराए ।
    पदस्थापन कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासघका लुम्बिनी प्रदेस संयोजक सन्जिव रोक्काले यातायात क्षेत्रमा ब्यवसायीहरुले गरेको लगानीको उचित प्रतिफल प्राप्त हुनेगरी आफ्नो समितिले काम गर्ने बताए । उनले केही क्षेत्रमा अझै पनि अस्वस्थ प्रतिस्पर्धा, अनियमित भाडादर र प्रशासनिक कमजोरी रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि सरोकारवाला निकायसङ्ग समन्वय गरि ब्यवसायीको समस्या समाधान गर्ने बताए । 
    बुटवल यातायात प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले यातायातसम्बन्धी नीति तथा नियम बने पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा यातायात क्षेत्रको समस्या समाधान हुन नसकेको बताए ।
     कार्यक्रममा प्रालिका निवर्तमान अध्यक्ष डिलबहादुर थापा, संचालक दिपक प्रसाद श्रेष्ठ, पत्रकार खिमानन्द भट्टराईलगायतले यातायात क्षेत्रले ब्यवसायीको हित सङ्गै यात्रु मैत्री सेवा संचालन गर्नुपर्ने सुझाव दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology