Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किए पूर्वाधार विकास मन्त्री सुनिल लम्साल

आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किए पूर्वाधार विकास मन्त्री सुनिल लम्साल

  • 543
    SHARES

  • आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किए पूर्वाधार विकास मन्त्री सुनिल लम्साल

    बुटवल,जेठ १ ।

    पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन्। निर्माण कार्यमा देखिएको ढिलाइ, सामग्री अभाव तथा विभिन्न अवरोधबारे प्रत्यक्ष जानकारी लिन मन्त्री लम्साल निरीक्षणमा निस्किएका हुन्।

    पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण बिटुमिन र पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि यसको असर सडक निर्माणमा परेको बताइएको छ। इन्धन तथा बिटुमिन अभावका कारण नागढुंगा–मुग्लिङ सडक मात्र नभई देशभरका विभिन्न सडक आयोजनाको काम सुस्त तथा कतिपय स्थानमा ठप्प बनेको अवस्था रहेको छ।IMG_2432.jpeg

    यसका साथै स्थानीय स्तरमा हुने अवरोध तथा ढुंगा, गिटी र बालुवाजस्ता निर्माण सामग्री सहज रूपमा उपलब्ध नहुनु पनि निर्माण कार्य प्रभावित हुनुको मुख्य कारण बनेको छ। निर्माण व्यवसायीहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अपेक्षित पहल नभएको गुनासो गर्दै आएका थिए।

    निर्माण व्यवसायीहरूको गुनासो र आयोजनामा देखिएको सुस्ततालाई गम्भीर रूपमा लिँदै मन्त्री लम्सालले समस्या समाधानका लागि स्वयं अनुगमनमा सक्रियता देखाएका हुन्। अनुगमनका क्रममा उनले निर्माण कार्यलाई तीव्रता दिन आवश्यक उपाय, चुनौती र समाधानबारे सम्बन्धित सरोकारवालासँग छलफलसमेत गरेका छन् ।

    मन्त्री लम्सालले आजै चितवन नवलपरासी रुपन्देही र कपिलबस्तुका निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमन गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology