Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पहिलो पाइला बुटवलद्वारा सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ

पहिलो पाइला बुटवलद्वारा सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ

  • 240
    SHARES

  • पहिलो पाइला बुटवलद्वारा सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ

    बुटवल,जेठ १।

    पहिल‍ो पाईला नेपाल बुटवल शाखाले सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।

    कार्यक्रममा उपाध्यक्ष रुद्र प्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए ।

    कार्यक्रममा सचिव सन्तोष सुनारले कार्यक्रम सञ्चालन गर्दै वातावरण संरक्षण, धार्मिक स्थलको स्वच्छता तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा पहिलो पाईला नेपाल बुटवल शाखाका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

    सरसफाइका क्रममा मन्दिर परिसर वरपर रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो ।

    अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्तोस बन्जाडे तथा विशिष्ट अतिथि नारायण आचार्यको विशेष उपस्थिति रहेको थियो ।

    सहभागीहरूले धार्मिक स्थललाई सफा, सुन्दर र व्यवस्थित राख्न सबैको साझा जिम्मेवारी रहेको बताएका थिए । कार्यक्रमले सामाजिक सेवाप्रति युवाको सक्रियता र सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology