Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

रुपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

  • 2.0K
    SHARES

  • रुपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

    बुटवल,माघ ३०-  

    भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबले स्टार क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ ।

    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेट गुमाई १९२ रनको योगफल बनायो ।

    उसका लागि निश्चल ज्ञवालीले ४२, विवश खातीले ३४, करण घर्ती मगर र महेश पटेलले १७-१७ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेलले ४, बसन्त खड्काले ३ तथा प्रदीप भण्डारी र उदय पन्तले समान १-१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको सैनामैनाले ४४ ओभरमा ८ विकेट गुमाई १९३ रन बनाउँदै लक्षय पूरा गर्यो । उसका लागि प्रदीप सुवेदीले ४८, बसन्त खड्काले ४३ र सुवास चौधरीले ११ रन बनाए ।

    बलिङमा स्टारका महेश पटेल र रोहन अर्यालले ३÷३ विकेट लिए । बसन्त खड्का म्यान अफ दी म्याच घोषित भई पुरस्कृत भए । शनिबार बुटवल राइनोज र ज्ञानोदय क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

    प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।

    नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology