Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?

एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?

  • 2.0K
    SHARES

  • एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?

    बुटवल,वैशाख २९ ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रूपन्देहीका ३५ वटा सामुदायिक र निजी विद्यालयका ८० जनाले ४ जीपीए अंक ल्याएका छन् । नतिजामा सामुदायिकको तुलनामा नीजि विद्यालयहरु अगाडि देखिएका छन् । 

    शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका अधिकृत एवं गुनासो सुन्ने अधिकारी झविलाल विकका अनुसार रूपन्देहीबाट एसईईमा सहभागी भएका ३ सय ४५ विद्यालयमध्ये नीजि तर्फको बुटवलको अक्सफोर्ड बोर्डिङ स्कुलबाट ११ जनाले ४ जीपीए ल्याएका छन् ।

    त्यस्तै दोस्रोमा बुटवलकै दिप बोर्डिङबाट ७, तेस्रोमा तिलोत्तामा नगरपालिकाको प्यारामाउण्ट बोर्डिङबाट ६ जना,न्यु होराइजनबाट ४ जना,लुम्बिनी बोर्डिङबाट २जना,लुम्बिनी वल्ड स्कुलबाट १ जनाले ४ जीपीए ल्याएका छन् । गार्गी एकेडेमी १,एलबि नमुना एकेडेमी १, सैनामैना नगरपालिकाको सुनगाभाबाट ४ जना र प्रभात इ बोर्डिङबाट ३ जनाले ४ जीपीए ल्याएका छन् ।

    सामुदायिक तर्फ कालिका मानव ज्ञान माविबाट ६, कान्ति माविबाट ४,न्यु लाइट मावि (गुठी) बाट २ जना,नयाँगाउँ माबिबाट १,नविन औद्योगिक कदरबहादुर रिता माविबाट १ र तिलोत्तमाको शान्ति नमुना स्कुलबाट १ जनाले मात्र ४ जीपीए ल्याएका छन् । निजीको तुलनामा सामुदायिक विद्यालयहरु एसईईको नतिजाप्रति सन्तुष्ट देखिएका छैनन् । यस पटक सम्बन्धित परीक्षा सेन्टरमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । 

    शिक्षा विकास तथा समन्वय ईकाईका अनुसार २०८२ को एसईईमा रूपन्देहीबाट ३ सय ४५ विद्यालयका १७ हजार ४ सय ४३ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ५ हजार ७ सय ८५ जना अनुत्तीर्ण भएका छन् । 

    बुटवलका उत्कृष्ट मानिने चार सामुदायिक विद्यालय कालिका, शान्ति नमुना, कान्ति र नविन औद्योगिक कदरबहादुर रिता माविको नतिजा खस्किएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology