Logo मंगलवार, श्रावण १२ गते २०८३
images

`राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ पन्ध्र बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकियो

`राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ पन्ध्र बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकियो

  • 864
    SHARES

  • `राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ पन्ध्र बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकियो

    बुटवल,बैसाख २८ ।

    प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार र सञ्चार क्षेत्रको संरक्षणका पक्षमा विभिन्न माग राख्दै ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ बाट १५ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले बैशाख २६ देखि २८ गतेसम्म बुटवलमा आयोजना गरेको सम्मेलनले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, प्रवद्र्धन र पालना गर्न महासंघ प्रतिबद्ध रहेको जनाएको छ ।IMG_2068.jpeg

    घोषणापत्रमा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक सुनिश्चितता तथा सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन कानुनी व्यवस्था गर्न माग गरिएको छ ।

    सम्मेलनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने सरकारको हालैको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

    यस्तो नीति प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयास भएको ठहर गर्दै निजी तथा सामुदायिक सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बन्ने र सयौं पत्रकार तथा सञ्चारकर्मीको रोजगारी संकटमा पर्ने उल्लेख गरिएको छ ।DSC_3696.jpeg

    त्यस्तै, सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन तथा निजी, सामुदायिक र सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न सम्मेलनले आग्रह गरेको छ ।

    प्रदेश र स्थानीय तहले सञ्चार सम्बन्धी आवश्यक कानुन निर्माणमा चासो नदिएको उल्लेख गर्दै सम्मेलनले संघीयताको मर्मअनुसार सञ्चारसम्बन्धी कानुन निर्माण गर्न माग गरेको छ । साथै त्यस्ता कानुन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्नेमा जोड दिइएको छ ।

    सामाजिक सञ्जालमार्फत् फैलिने गलत र भ्रामक सूचनाले सञ्चार क्षेत्र र समाज प्रभावित बनेको भन्दै सम्मेलनले त्यस्ता प्लेटफर्मलाई निरुत्साहित गरी व्यवसायिक सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।IMG_2172.jpeg

    घोषणापत्रमा पत्रकारका लागि सञ्चार उपकरण खरिदमा सहुलियतको व्यवस्था गर्न प्रदेश तथा स्थानीय सरकारसँग माग गरिएको छ भने जिम्मेवार र आचारसंहिताप्रति संवेदनशील पत्रकारिता गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आह्वान गरिएको छ ।

    सम्मेलनले लुम्बिनी प्रदेश सरकारले गठन गरेको सञ्चार समन्वय परिषद्लाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न तथा स्वीकृत सञ्चारसम्बन्धी कार्यक्रम, योजना र बजेट तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ ।

    पत्रकारिता क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि बुटवलमा सञ्चार संग्रहालय स्थापना गर्न नेपाल पत्रकार महासंघ रुपन्देहीले पहल गर्ने घोषणासमेत गरिएको छ ।IMG_2142.jpeg

    त्यसैगरी, भूमिहीन तथा सुकुम्वासी बस्तीमा डोजर चलाएर विस्थापित गर्ने कार्य रोक्न र प्रभावितलाई वैकल्पिक व्यवस्था गर्न सम्मेलनले सरकारसँग माग गरेको छ ।

    रुपन्देहीको आर्थिक विकासका लागि लगानीमैत्री वातावरण निर्माण, लुम्बिनी, जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान र सिद्धबाबा मन्दिरलगायत ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्न तीनै तहका सरकारसँग सम्मेलनले आग्रह गरेको छ ।IMG_1984.jpeg

    सम्मेलनको घोषणापत्र उपसमितिका संयोजक पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल रहेका थिए भने सदस्यमा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, भरत केसी, विनोद परियार, कविन्द्र नेपाल, भगवती पाण्डे र विष्णु पोखरेल रहेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology