Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

  • 672
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    काठमाडौँ, वैशाख २८ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

    बैठकको प्रारम्भमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेललाई सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गर्नुभयो । उक्त सम्बोधनलाई मन्त्रिपरिषद्को आजै बसेको बैठकले पारित गरेको थियो ।

    सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले सम्बोधन गर्नुभएको हो । 

    संसद् सचिवालयले नीति तथा कार्यक्रम प्रस्तुतिका लागि अपराह्न ४:०० बजे संयुक्त बैठकको सूचना सदस्यहरूलाई यसअघि नै दिइसकेको थियो । 

    सचिवालयले सबै सदस्यलाई दिउँसो ३:४५ बजे नै बैठक कक्षमा प्रवेश गरिसक्न सूचित गरेको थियो । संसद्को अधिवेशन प्रारम्भकै दिन सरकारको नीति तथा कार्यक्रम पेस गरिएको हो ।

    सचिवालयले तय गरेको कार्यतालिका अनुसार प्रस्तुत नीति तथा कार्यक्रममाथि वैशाख ३० गते छलफल हुने छ । सोही दिन छलफल, प्राप्त संशोधनहरूमाथिको टिप्पणी, प्रधानमन्त्रीको जवाफ र पारित गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    संसद्को संयुक्त बैठक पछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अलग–अलग रूपमा आजै ५ बजे पुनः बस्ने छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, बैशाख २८ २०८३०५:०८:१७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology