Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ब्रिटिस बास्केटबल कपको उपाधि छात्रतर्फ आयोजक र छात्रातर्फ एभरेष्टलाई

ब्रिटिस बास्केटबल कपको उपाधि छात्रतर्फ आयोजक र छात्रातर्फ एभरेष्टलाई

  • 864
    SHARES

  • ब्रिटिस बास्केटबल कपको उपाधि छात्रतर्फ आयोजक  र छात्रातर्फ एभरेष्टलाई

    बुटवल,बैशाख २६ ।

    ब्रिटिस ग्रामर स्कुलमा भएको बास्केटबल प्रतियोगिताको उपाधि छात्रतर्फ ब्रिटिस ग्रामर स्कुल  र छात्रा एभरेस्ट मावि बुटवलले  जितेका छन्।

    खेलमा उपबिजेता छात्रतर्फ  दीप बोर्डिङ  र छात्रातर्फ आयोजक ब्रिटिस ग्रामर  भएका छन् ।

    ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा २०८२ सालको एसईईमा सहभागी विद्यार्थीहरुका बिचमा सञ्चालित  बैशाख २३ गतेबाट सञ्चालन भएको तिन दिवशीय प्रतियोगिता  सेमिफाइनल र फाइनल खेल हिजो सम्पन्न भएका हुन् ।

    मोफसलको एक मात्रै क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रुपमा स्थापित यस विद्यालयमा कक्षा नर्सरीदेखि बारसम्मको पढाइ  हुँदै आएको छ।

    कक्षा ११ र १२ मा  साइन्स र म्यानेजमेन्ट सञ्चालन गरेको विद्यालयले कक्षा ८ , १० र बारमा सतप्रतिशत नतिजा दिँदै आएको छ ।
    बास्केटबल प्रतियोगितामा रुपन्देही र छिमेकी जिल्लाका एसईईमा सहभागी छात्रतर्फ १० र छात्रातर्फ ५ टिम  सहभागी रहेका थिए ।

    जसमा छात्रतर्फ  आयोजक विद्यालय विजिएस आरका दुई टिम , सिध्दार्थ बोर्डिङ , न्यु ह‍‍ोराइजन ,  न्यु इन्भाएरमन्ट , दीप बोर्डिङ , शान्ति नमुना मावि , सगरमाथा बास्केटबल क्लव , सैनमैना बास्केटबल क्लव र एभरेस्ट बोर्डिङ रहेका थए भने  भने छात्रातर्फ एभरेस्ट बोर्डिङ , होराइजन , सिध्दार्थ र ब्रिटिस ग्रामर  स्कुलको  टिम सहभागी रहेका थिए  ।
     आज सम्पन फाइनल खेलमा  छात्रतर्फ आयोजक व्रिटिस ग्रामरले ३१ - २६   स्कोरले  दीप बोर्डिङलाई पराजित गर्दै विजेता बन्न सफल भयो भने  छात्रातर्फ एभरेष्ट  बोर्डिङ बुटवलले ब्रिटिस ग्रामर स्कुललाई  ८- २ स्कोरले पछाडि पारी बिजेता बन्न सफल भयो  । 

    फाइनल खेल पछि आयोजित पुरस्कार वितरण समारोह  जिल्ला बास्केटबल संघ रुपन्देहीका अध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले शैक्षिक क्षेत्रमा  मात्रै  नभइ खेलकूदको क्षेत्रमासमेत लुम्बिनी प्रदेशको नमुना स्कुल बनी हामीलाई गौरव गर्ने अवसर प्रदान गरेको बताउनु भयो। कार्यक्रममा  अफिसियल , खेल प्रशिक्षकसहित विजेता तथा उपविजेता टिमलाई कप , प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो।

    बास्केटबल प्रतियोगितामा छात्रतर्फ ब्रिटिस ग्रामर स्कुलका नमसिन राना  र छात्रातर्फ  एभरेष्ट बोडिङकी सुहना पौडेल  उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।
    समापन समारोहमा विद्यालयका निर्देशक विष्णुप्रसाद भुसाल , डिल्लीनारायण पाण्डेय , पुष्पा कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।att.v_AMrRGgTFWdoCCemVCIBnFaEUYNZbmXrJ-exZxY5tw.jpeg
    विद्यालयकी अतिरिक्त कृयाकलाप प्रमुख रोमा शर्माको सञ्चालन , बास्केटबल प्रशिक्षक आयुष कुँवरको अध्यक्षतामा सञ्तालित कार्यक्रममा विद्यालयका सहप्राचार्यद्वय महेश पौडेल र इन्जिनियर उमृश कँडेलले आफ्ना धारणा राखेका थिए ।
      कक्षा १देखि १० सम्म केही सिटमा र कक्षा ११  व्यवस्थापन र विज्ञान संकयमा ३०/ २३० सिटमा रजिस्ट्रेसन   खुलेकाले विश्वस्तरीय शिक्षाका लागि अभिभावकले सम्पर्क गर्नुहुन विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सगौरव जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology