Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इन्धनको मुल्यबृद्धिले यातायात क्षेत्रको लगानी जोखिममा पुगेको गुनासो

इन्धनको मुल्यबृद्धिले यातायात क्षेत्रको लगानी जोखिममा पुगेको गुनासो

  • 894
    SHARES

  • इन्धनको  मुल्यबृद्धिले यातायात क्षेत्रको लगानी जोखिममा पुगेको गुनासो

    बुटवल,बैसाख २५ ।
    इन्धनमा भएको मुल्यबृद्धि यातायात व्यवसायीका लागि मुख्य चुनौतीको रुपमा खडा भएको छ ।

    इन्धनमा भईरहने मुल्यबृद्धि, आर्थिक मन्दी, सडकको दुरावस्था लगायतका समस्याका कारण यातायात क्षेत्रमा भएको निजी क्षेत्रको लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् । 
    बुटवल यातायात प्रा.लि.को शुक्रबार सम्पन्न पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै यातायात क्षेत्रका व्यवसायीहरुले यावत चुनौतीका बिच पनि देशमा यातायात क्षेत्रले फड्को मारेको बताएका छन् ।

    साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रा.लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठले यातायात क्षेत्र सुधारका लागि राज्यले दीर्घकालीन र प्रभावकारी नीति ल्याउनुपर्ने बताए । अध्यक्ष श्रेष्ठले आर्थिक मन्दी, इन्धन मूल्यवृद्धि तथा सडकको अवस्थालगायतका यातायात क्षेत्रका विभिन्न चुनौतीबीच पनि संस्थाले उल्लेखनीय प्रगति गरेको बताए । 
    सेवा गुणस्तर सुधार, यात्रुको विश्वास कायम राख्ने तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम गरिएको बताउँदै उनले बुटवल यातायात प्रा.लि.मा हाल साना–ठूला गरी ३७५ वटा सवारी साधन विभिन्न रुटमा सञ्चालनमा रहेको र दैनिक ५ हजार यात्रुलाई सेवा दिइरहेको जानकारी दिए ।

    संस्थाले आगामी दिनमा डिजिटल प्रणाली विस्तार, नयाँ सवारीसाधन थप, सेवा क्षेत्रमा विविधीकरण तथा वातावरणमैत्री यातायात प्रणालीलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना सार्वजनिक गरेको छ । श्रेष्ठले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन व्यवसायी, सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।

    कमजोर सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन अभाव, दुर्घटना वृद्धि तथा वायु प्रदूषण यातायात क्षेत्रका मुख्य चुनौतीका रूपमा रहेको उनको भनाइ थियो ।
    कार्यक्रममा संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष डिलबहादुर थापाले व्यवसायीलाई व्यवसायिक तथा लगानीको सुरक्षामा जोड दिए । उनले त्यसका लागि अफ्ठ्यारो समयमा संस्थाले पहलकदी लिइरहेकोमा आभार व्यक्त गर्दै सेवा विस्तारमा जोड दए । 
    प्रा.लि.का प्रवन्धक÷सञ्चालक दीपकप्रसाद श्रेष्ठकाअनुसार विभिन्न नीतिगत निर्णय कार्यान्वयन गरिएको छ । दुर्घटना न्यूनीकरण, रुट व्यवस्थापन तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गरिएको उनले बताए ।

    संस्थाले बुटवल, नयाँ बसपार्क काठमाडौं, गोलपार्क र हरैया शाखाबाट अनलाइन टिकट बुकिङ सेवा सञ्चालनमा ल्याएको छ । साथै पोखरा, नारायणघाट, नेपालगञ्ज, सुर्खेत लगायतका रुटमा सेवा विस्तार गरिएको छ ।
    हाल संस्थामा करिव ३७५ वटा सवारी साधन सञ्चालनमा रहेका छन् भने दुर्घटनामा परेका सवारी साधनको क्षतिपूर्ति, मर्मत तथा उपचार खर्चबापत करिब १ करोड ८९ लाख ५९ हजार रुपैयाँ अनुमोदन गरिएको छ ।IMG_1729.jpeg
    साधारण सभामा संस्थागत विकासमा योगदान गरेका दिवंगत व्यवसायीलाई मरणोपर्यन्त, संस्थापक र उत्कृष्ट सेवा गर्ने कर्मचारी तथा व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रा.लि.का सञ्चालक सदस्य अशोककुमार श्रेष्ठ, लेखा परीक्षक मधु खनाल, सनिको इन्स्योरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख विश्वद्विप नेपाल, शिखर इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्ले, प्रा.लि.का संस्थापक उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, सुनिलमान श्रेष्ठ लगायतले भनाई राखेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, बैशाख २५ २०८३०४:१८:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology