Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित नेतृत्वलाई पदहस्तान्तरण

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित नेतृत्वलाई पदहस्तान्तरण

  • 486
    SHARES

  • उद्योग वाणिज्य महासंघका नवनिर्वाचित नेतृत्वलाई पदहस्तान्तरण

    बुटवल,बैसाख २५ ।

    नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन्।

    बिहीबारमहासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्र ढकालले श्रेष्ठलाई पदहस्तान्तरण गरेका हुन्।महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँकार्यकारिणी समिति निर्वाचित भएको थियो।

    निर्वाचनबाट विजयी भएका पदाधिकारी तथा कार्यसमितिसदस्यहरूलाई कार्यक्रममा आधिकारिक प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको शपथ पनिगराइएको थियो।

    विधानअनुसार स्वतः अध्यक्ष बनेका श्रेष्ठले बुधबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका थिएभने बिहीबार औपचारिक रूपमा पदबहाली गरेका हुन्।

    नयाँ कार्यसमितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य समूहबाट कृष्णप्रसाद शर्मा दिलसुन्दर श्रेष्ठ उपाध्यक्षनिर्वाचित भएका छन्। यस समूहबाट खुलातर्फ १५ जना तथा प्रत्येक प्रदेशबाट दुई जनाका दरले १४ जना सदस्यचयन भएका छन्।

    वस्तुगततर्फ नरेशलाल श्रेष्ठ उपाध्यक्ष बनेका छन्। यस समूहबाट कार्यकारिणी समितिसदस्यमा १३ जना निर्वाचित भएका छन् भने महिलातर्फ सुनिता न्हेम्हाफुकी विजयी भएकी छन्। वस्तुगतमहासंघबाट विश्वनाथ खनाल सुनैना घिमिरे सदस्यमा निर्वाचित भएका छन्।

    यस्तै, एसोसिएटतर्फ प्रबलजंग पाण्डे उपाध्यक्ष निर्वाचित भएका छन्। यस समूहबाट १७ जना कार्यकारिणीसमिति सदस्य बनेका छन्। महिलातर्फ अभिज्ञा मल्ल जुना माथेमा विजयी भएका छन् भने द्विराष्ट्रिय उद्योगवाणिज्य संघबाट मनोज पौडेल, संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ सुमनकुमार श्रेष्ठ सदस्यमा निर्वाचितभएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, बैशाख २५ २०८३०२:०२:४५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology