Logo बिहिवार, आश्विन १ गते २०८३
images

गगन थापाले भने-‘‘यो डोजरको जुन आतंक छ,यो एक्सेप्टेबल हुँदैन, यस्तो निर्मम स्टेट ?’’

गगन थापाले भने-‘‘यो डोजरको जुन आतंक छ,यो एक्सेप्टेबल हुँदैन, यस्तो निर्मम स्टेट ?’’

  • 510
    SHARES

  • गगन थापाले भने-‘‘यो डोजरको जुन आतंक छ,यो एक्सेप्टेबल हुँदैन, यस्तो निर्मम स्टेट ?’’

    काठमाडौं,वैशाख २३।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकमवासी बस्तीमा सरकारले डोजर आतंक देखाएको भन्दै उक्त कार्य स्वीकार्य नहुने बताएका छन् ।

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुकुमवासी बस्तीमा चलेको डोजरलाई आतंकको संज्ञा दिँदै स्वीकार्य नभएको बताएका हुन् ।

    ‘यो डोजरको जुन आतंक छ । यो एक्सेप्टेबल हुँदैन,’ सभापति थापाले भने, ‘यो गलत छ । यस्तो निर्मम स्टेट ?’ क्रुर राज्यलाई ठीक छ भनियो भने ओलि राज्यले अन्य ठाउँमा पनि क्रुरता देखाउने उनको भनँइ थियो । ‘यस्तो कठोर क्रुर स्टेट ठीक छ भनेर हामीले भन्यो भने भोलि अन्ततिर पनि स्टाटसले यस्तै क्रुरता राख्छ,’ सभापति थापाले भने ।

    थापाले सुकुमवासी बस्तीका नागरिक देखाएर कांग्रेसलाई भोटको राजनीति गर्नु नरहेको पनि स्पष्ट पारे । ‘भोटको राजनीति गर्नु छैन, ती हाम्रा भोट बैंक पनि होइन,’ उनले भने, ‘हामीले कर्तव्य पूरा गर्नु छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology