Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धबाबा मन्दिरमा नयां नेतृत्व, अध्यक्षमा अरविन्द सचिवमा बिष्णु

सिद्धबाबा मन्दिरमा नयां नेतृत्व, अध्यक्षमा अरविन्द सचिवमा बिष्णु

  • 504
    SHARES

  • सिद्धबाबा मन्दिरमा नयां नेतृत्व, अध्यक्षमा अरविन्द सचिवमा बिष्णु

    IMG_1435.jpegबुटवल, वैशाख २० । 


    सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, दोभान पाल्पाको अध्यक्षमा अरविन्द पाण्डे निर्वाचित भएका छन् ।

    वार्षिक साधारण सभा तथा अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो।समितिको उपाध्यक्षमा शेरजंग थापा, सचिवमा बिष्णु प्रसाद पाण्डेय, सहसचिवमा कुमारी खड्का, कोषाध्यक्षमा तोया लम्साल चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमाराम बहादुर थापा, दुर्गा श्रेष्ठ, नयना क्षेत्री, कमल श्रेष्ठ, वर्षा रायमाझी, सन्तोष शेरचन, नारायण प्रसाद घिमिरे, चित्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले बताए ।

    पारदर्शी गराउन हालको अवस्थालाई पालिकाबाट ७ जना र राजनितिक दलबाट ६ जनाबाट एकएक जना, पुजारीबाट २ जना र मनोनित २ जना गरि १७ सदस्यीय कार्यसमिति हुने ब्यवस्था रहेको छ ।

    कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष कुमार शेरचनले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै आफनो कार्यकालमा भएका विकास निमार्णबारे प्रकाश पारे ।

    साधारणसभाको उद्घाटन गर्दै तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउको पहिचानका रुपमा रहेको सिद्धबाबा धामलाई पर्यटनको आधारको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । मन्दिर ब्यवस्थापनमा कुनै पनि पदमा रहदा समयलाई विशेष महत्व हुने उनले बताए ।

    कार्यक्रममा समितिका उपाध्यक्ष लाल बहादुर थापा, सल्लाहकार दल बहादुर गुरुङले धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गर्ने गरि योजना बनाउन सुझाव दिए ।

    कोषाध्यक्ष कुमारी खड्काले आर्थिक वर्ष ०८१-०८२ मा आम्दानीतर्फ १ करोड ७ लाख रुपैया तथा खर्चतर्फ ९६ लाख रुपैया भएको बताईन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology