Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासङ्घ चितवनको साधारणसभामा तीन पत्रकार पुरस्कृत

पत्रकार महासङ्घ चितवनको साधारणसभामा तीन पत्रकार पुरस्कृत

  • 423
    SHARES

  • पत्रकार महासङ्घ चितवनको साधारणसभामा तीन पत्रकार पुरस्कृत

    चितवन, वैशाख १८ —

    नेपाल पत्रकार महासङ्घ चितवन शाखाको २२औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

    साधारणसभाका अवसरमा तीन जना पत्रकारलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ भने अग्रज पत्रकारहरूको जन्मदिनसमेत सम्मानपूर्वक मनाइएको छ।
    महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मैयाँदेवी पत्रकारिता पुरस्कारबाट अनिल ढकाल, बालकुमारी–विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट दिप्ती विश्वकर्मा तथा सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत भएका छन्। मैयाँदेवी पत्रकारिता पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ भने अन्य दुई पुरस्कारको राशि जनही ११ हजार रुपैयाँ रहेको छ।
    कार्यक्रममा महासङ्घ चितवन शाखाका सचिव राजेश घिमिरे तथा जेष्ठ पत्रकार सुरेशकुमार अधिकारीलाई जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरिएको थियो।

    चार दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय अधिकारीले महासङ्घलाई निरन्तर आर्थिक तथा नैतिक सहयोग पुर्‍याउँदै आएको उल्लेख गरिएको थियो।
    यसै अवसरमा सचिव घिमिरेले आफ्नो जन्मदिन पारेर पत्रकार कल्याण कोषका लागि २० हजार १ सय १८ रुपैयाँ सहयोग प्रदान गरेका छन्।

    पत्रकारहरूको हितका लागि स्थापना गरिएको उक्त कोषको पूँजी वृद्धि गर्ने उद्देश्यले सहयोग गरिएको उनले बताए।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले प्रेस स्वतन्त्रताको संरक्षणमा महासङ्घ निरन्तर सक्रिय रहने उल्लेख गर्दै सरकारी विज्ञापन वितरणमा देखिएको असन्तुलनले निजी सञ्चारमाध्यम प्रभावित हुनेतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले पत्रकारहरूले आचारसंहिताभित्र रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा पनि जोड दिए।
    भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सञ्चार क्षेत्रसँग सहकार्य गर्न महानगर प्रतिबद्ध रहेको बताए भने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रशासन दृढ रहेको धारणा व्यक्त गरे।
    महासङ्घका अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमपछिको बन्द सत्रमा सचिव राजेश घिमिरे र कोषाध्यक्ष कृष्ण आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
    साधारणसभाले संगठन सुदृढीकरण, आगामी कार्यक्रम तथा पत्रकार हितसम्बन्धी विषयमा समेत छलफल गर्दै विभिन्न निर्णयहरू गरेको जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    • शुक्रवार, बैशाख १८ २०८३०९:१४:३५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology