Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाइ इन्धन मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाइ इन्धन मूल्य बढ्यो

  • 1.3K
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाइ इन्धन मूल्य बढ्यो

    काठमाडौं, वैशाख १७  ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची कायम गरेको हो ।

    निगमका अनुसार पेट्रोलमा २ रुपियाँ घटेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपियाँले मूल्य घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य १५० रुपियाँले बृद्धि भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १६० रुपियाँ पुगेको छ । 

    हवाइ इन्धनको मूल्य बढाइएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपियाँले बढाइएको छ । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपियाँ कायम भएको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपियाँ थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, बैशाख १७ २०८३११:५९:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology