बुटवल,बैसाख १६ ।
पाल्पाको तिनाउ गाउपालिकामा निर्माणको चरणमा रहेको नम: बुद्ध हाइड्रोपावर प्रालिको वित्तीय सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ ।
भिजन लुम्बिनीद्वारा पर्वद्धित ३.४४ मेगावाटको नम: बुद्ध हाइड्रोपावर निर्णाणका लागि आयोजनाको वित्तीय सुनिश्चितताका लागि लुम्बिनी बिकास बैंक लिसंग हस्ताक्षर भएको छ ।
आज पाल्पाको तिनाउ गाउपालिकामा रहेको तिनाउ रिसोर्टमाएक कार्यक्रमका बिच लुम्बिनी बिकास बैंक लि,तथा नम: बुद्ध हाइड्रो ईनर्जी प्रा लिबीच जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापनको सम्झौता भएको हो ।
यो जलविद्युत आयोजनाको लागत करिब ७० करोड रुपियाँ रहने छ यसमा लुम्बिनी बिकास बैंकको ऋण लगानी रहनेछ ।
बैंकको तर्फबाट लुम्बिनी बिकास बैंक लिका डेपुटी सिइयो सुमन आचार्य,बैंकका अध्यक्ष अध्यक्ष चिन्तामणी भट्टराइ तथा नमस्बुद्ध हाइड्रोका तर्फबाट मुख्य प्रवर्धक रहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोख्रेल,लगानीकर्ता योगेश पोख्रेलले उक्त ऋण सम्झौता पत्रमा हस्ताक्षर गर्दै सम्झौता पत्र आदान प्रदान गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी बिकास बैंक लिका डेपुटी सिइयो सुमन आचार्यले हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष , स्थानीयको लगानी,अन्य आयोजना सफल गरिसकेको भिजन लुम्बिनीलाइ हेरेर ऋण लगानी गरिएको बताउनुभयो ।

आचार्यले अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने उहांले बताउनुभयो ।
उहाले बित्तिय सहकार्य गर्ने मौका पाएकोमा खुसी लागेको बताउनुभयो । बैंकका अध्यक्ष चिन्तामणी भट्टराइले भिजनसंग जोडिएर काम गर्दा खुसी लागेकोबताउनुभयो।
तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा २ वटा केवलकार संचालनमा रहेको र अब तिनाउ हाइड्रोपावर पनि बन्नेमा आफु ढुक्क रहेको बताउनुभयो ।
उहाले सरकारले निजी क्षेत्रको लगानीलाइ सुरक्षित गराउने कामलाइ प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
भिजनका अध्यक्ष जगत बहादुर पोख्रेलले सामुहिक लगानी ,समृद्धिको आधार भएकाले जलबिद्युतमा लगानी बढाईएको बताउनुभयो। सो अवसरमा बिभिन्न क्षेत्रबाट समाजमा योगदान दिने ब्याक्तिहरूलाइ सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा अनुपमान सैजू,डाक्ट बिनोद पराजुली,युवा ब्यवसायी कमलजंग कुवर,लाइन्सका डिस्ट्रिक गभर्नर सन्दिप कसौधन लगायत रहनुभएको छ।
उहाहरूलाइ कदरपत्र र दोसल्लाले सम्मान गरिएको हो ।सो अवसरमा भिजनका कुलबहादुर केसी,राजिब गौतम,गोपाल बस्याल,गोबिन्द लामिछाने,मनोज भट्टराइ,कृष्णप्रसाद पौडेल,उद्योगि एजाज आलम,सम्मानितका तर्फबाट अनुपमान सैजु लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)