Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा १०औँ तहका डा.बिष्णु गौतम नियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा १०औँ तहका डा.बिष्णु गौतम नियुक्त

  • 402
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा १०औँ तहका डा.बिष्णु गौतम नियुक्त

    बुटवल,वैशाख १४ ।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा आएको छ । सर्वोच्चको आदेश कार्यान्वयन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा ११औँ तहमा स्थायी नियुक्ति भएका डा.विष्णु गौतमलाई मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरिएको हो ।

    यसअघि ११औँ तहका डा. गौतमलाई पाखा लगाउँदै १०औँ तहका वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. इन्द्र ढकाललाई लुम्बिनी प्रदेश सरकारले मेसु नियुक्त गरेको थियो । 

    प्रदेश सरकारले मेसु नियुक्त गर्दा आफूलाई उपेक्षा गरिएको भन्दै गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हरि प्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ समूहअन्तर्गत ११औँ तहका चिकित्सकलाई प्राथमिकता दिन निर्देशात्मक आदेश जारी गरेको थियो ।

    लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले डा. गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिए । लामो समयदेखि कानुनी लडाइँ लड्दै आएका डा. गौतमले अदालतको आदेश ढिलो भए पनि कार्यान्वयनमा आउँदा आफूलाई न्याय मिलेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology